+

५ वर्षमुनिका बालबालिकामा निमोनिया किन बढी खतरनाक ?

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को रिपोर्टमा पनि यस्तै तथ्यांक छ । सन २०१९ मा निमोनियाका कारण ५ वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्युदर १४ प्रतिशत रहेको डब्ल्यूएचओले जनाएको छ ।

कसरी हुन्छ निमोनिया ?

चिसो लाग्यो भने निमोनिया हुन्छ भन्ने आम बुझाइ छ । तर चिसोकै कारणले मात्रै निमोनिया हुने होइन । भाइरस, ब्याक्टेरिया वा फङ्गसको संक्रमण निमोनियाको कारण बन्न सक्छ । ‘स्ट्रेप्टोकोकस न्युमोनी’ नामक किटाणु बालबालिकामा ब्याक्टेरियल निमोनियाको सबैभन्दा प्रमुख कारण हो ।

Advertisement

हेमोफिलस इन्फ्लुएन्जा टाइप बी (एचआईबी) ब्याक्टेरियल निमोनियाको दोस्रो कारण हो । यिनका अतिरिक्त, रेस्पिरेटरी सिन्सिसियल भाइरस र न्युमोसिस्टिस जिरोवेसी फङ्गस पनि निमोनियाको कारण बन्छन् ।

लक्षणमा ध्यान दिनु आवश्यक

निमोनियाका लक्षणलाई चिनेर सुरुआती चरणमा उपचार गरेमा अवस्थालाई गम्भीर हुन र ज्यान जानबाट बचाउन सकिन्छ । पाँच वर्षभन्दा कम उमेरका बच्चाहरू, जसलाई लामो समयदेखि खोकी लागेको छ र सास फेर्न कठिनाइ छ, तिनमा निमोनिया हुने सम्भावना रहन्छ

यस्तोमा सास फेर्दा फोक्सो खुम्चिने र छिटो सास चल्ने जस्ता लक्षणहरू निमोनियाका संकेत हुन सक्छन् । भाइरल निमोनियाको मामिलामा प्रायः सास फेर्दा आवाज आउँछ ।

यसकारण बढ्छ खतरा

सामान्यतया बच्चाहरूको प्राकृतिक प्रतिरक्षा प्रणालीले नै संक्रमणसँग लडेर तिनलाई बचाउँछ, तर यदि कुनै कारणले बच्चाको प्रतिरक्षा प्रणाली कमजोर भयो भने तिनका लागि अवस्था जटिल बन्छ ।

एचआईभी वा दादुराजस्तो कुनै रोग पहिलेदेखि छ भने पनि निमोनियाको सम्भावना बढ्छ । घरमा दाउराको चुलोमा खाना पकाइन्छ भने, आमा बुबामध्ये कसैले धूम्रपान गर्ने, धुवाँमा वा भीडभाडमा बस्ने गर्दा निमोनियाको खतरा बढ्छ ।