 
                            आइबुपोफ्रेनले कसरी काम गर्छ ?
आइबुपोफ्रेनले शरीरको रसायनहरुमा अन्तरक्रिया गरी दुखाइ कम गराउँछ । ‘प्रोस्टाग्ल्यान्डिन’ भन्ने हर्मोनको उत्पादनलाई कम गर्छ । प्रोस्टाग्लान्डिनले नै दुखाइको अनुभव गराउने र शरीरका अंगहरु सुन्निने समस्या बढाउँछ ।
 
                            कस्तो अवस्थामा प्रयोग गरिन्छ ?
आइबुपोफ्रेनले शरीरमा अस्थायी रूपमा दुखाइबाट राहत प्रदान गर्छ । माइग्रेन, तनावको कारणले हुने टाउको दुखाइ, दाँतसम्बन्धी दुखाइ, रुघाखोकी लाग्दा वा सो कारणले घाँटी सुन्निंदा, ढाड तथा मांसपेशी, महिनावारीमा हुने तल्लो कम्मर तथा पेट दुखाइ असर कम पर्छ।
 
                            सावधानी
मुटुको कोरोनरी धमनी र ओपन हार्ट सर्जरीको उपचार गर्नुअघि, उपचार प्रक्रिया र गरिसकेपछि पनि यो औषधि दिइन्छ । तर यो औषधिका जटिलताका कारण त्यति राम्रो मानिंदैन । ग्यास्ट्राइटिसका गम्भीर बिरामी, आन्द्रा तथा पेटमा रक्तस्राव हुँदा पनि यो औषधि चलाउनु उपयुक्त हुँदैन ।
 
                            सम्भावित साइड–इफेक्ट
पेट पोल्ने, मुटु पोल्ने, कब्जियत, पखाला लाग्ने, बान्ता हुने, रक्तचाप बढाउने जस्ता साइड-इफेक्ट देखिन सक्छ । सास फेर्न कठिन हुने, अनुहार सुन्निने, अनुहार पहेंलो हुने, दिसा कालो हुने, दिसामा रगत देखा पर्ने यसका गम्भीर साइड-इफेक्ट हुन् ।
 
                            जथाभावी खाँदा के हुन्छ ?
यो औषधि हचुवाको भरमा लामो समयसम्म खाँदा यसले मिर्गौला खराब गर्न सक्छ । मुटुको रोग भएकाले लामो समयसम्म यो औषधि लिएमा मुटुको कार्यमा बाधा पुग्न सक्छ ।
 
                     
                             
                            