+

किन दाँतमा ‘ब्रेसेस’ बाँध्ने ?

ब्रेसेस के हो ?

धातुको तार र ब्र्याकेटबाट बनेको उपकरण हो । दाँतलाई बिस्तारै सही स्थानमा ल्याउन भूमिका खेल्छ ।

कस्तो अवस्थामा लगाउने ?

बांगो दाँत, फाटेको दाँत, एकअर्कामाथि खप्टिएमा, चिउँडो नमिल्दा, दाँतको संरचनाले उच्चारण वा खाना चपाउन समस्या भएमा, दाँत सिधा नहुँदा गिजाको संक्रमण वा जोर्नी दुखाइको र दाँतको बनावटले हाँस्न वा बोल्न लजाउने अवस्थामा लगाउनु पर्ने हुनसक्छ ।

Advertisement

ब्रेसेसका प्रकार

मेटल, सेरामिक र क्लियर अलाइनर। यी तीनवटैको काम एकै हो । तर, क्लियर अलाइनर लगाउन/निकाल्न सजिलो हुन्छ । अरु, दुईको दाँजोमा केहि महँगो पनि हुन्छ ।

सबैभन्दा उपयुक्त समय १२ वर्ष

सबैभन्दा उपयुक्त समय १२ वर्षको उमेर हो । यो दाँत साटिने हुँदा उपचार हुन पायो भने नतिजा राम्रो आउँछ । यसको मतलब उमेर बढ्दै गएपछि असर नगर्ने भन्ने होइन । तर, जति उमेर बढ्दै जान्छ, त्यति अन्य जटिलता पनि आउन भने सक्छ ।

दक्ष चिकित्सकबाटै लगाउनुहोस्

नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको अर्थोडन्टिस्टसँग परामर्श लिनुहोस् । उनीहरूले राम्रो परामर्श र उपयुक्त विकल्प दिन्छन् । हतार नगरी कुशल विशेषज्ञ छान्नुहोस् ।