Bg 2
Bg 3
Bg 4

फुटबलको महाकुम्भ

सापेक्ष र खेलकुद ब्युरो

२८ जेठ, २०७३

२३औँ संस्करणको फिफा विश्वकप आज २९ जेठदेखि सुरु हुँदै छ। अमेरिका, क्यानडा र मेक्सिकोमा हुन लागेको विश्वकपमा पहिलोपटक ४८ टोली सहभागी हुँदै छन्। सन् १९३० देखि सुरु विश्वकपमा ४ टोली- केप भर्डे, कुराकाओ, जोर्डन र उज्वेकिस्तानले डेब्यु गर्दै छन्।

सहभागी ४८ टोलीलाई १२ वटा समूह (प्रत्येक समूहमा ४ टोली) मा विभाजन गरिएको छ। अघिल्ला संस्करणहरूमा 'अन्तिम १६' बाट नकआउट चरण सुरु हुन्थ्यो भने यसपटक 'अन्तिम ३२' को नयाँ नकआउट चरण थपिएको छ। लियोनेल मेस्सीको कप्तानीमा रहेको साविक विजेता अर्जेन्टिना आफ्नो उपाधि रक्षा गर्ने दाउमा मैदानमा उत्रिनेछ।

३९ दिनसम्म चल्ने यो विश्वकपमा १,२४८ खेलाडी हुनेछन्। उनीहरूले कुल १०४ खेल १६ रङ्गशालामा खेल्नेछन्। उनीहरूमध्ये ८९१ खेलाडीले पहिलोपटक विश्वकप खेलिरहेका हुनेछन्। यसपटक मैदानमा १७ वर्षीय गिल्बर्टो मोरादेखि ४३ वर्षीय क्रेग गोर्डनसम्म देखिनेछन्।

खेलभर जसैजसै खेलाडीहरूले मैदानमा बल गुडाउनेछन्, सिङ्गो पृथ्वीको धड्कन उसैगरी स्पन्दित हुनेछ। किनकि फुटबल विश्वलाई जोड्ने एउटा माध्यम बन्नेछ। अर्को अर्थमा विश्वकप सयौँको सपना, मिहिनेत, आँसु र संवेदनाहरूको महाकुम्भ तथा महाउत्सव हो।

यसपटक यही रौनकता थप्न उत्तर अमेरिका तयार भइसकेको छ। अब केही दिनभित्रै इतिहासहरू रचिनेछन्। कसैको वर्षौँको तपस्या पूरा हुनेछ- ४ साउन (जुलाई १९) मा अमेरिकाको न्युयोर्क/न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फाइनल खेलसँगै । जितको उन्माद र हारको गरिमा, दुवैको जीवन्त चित्र यहाँ देख्न पाइनेछ।

यो इन्टरएक्टिभ भिजुअल स्टोरीमा स्क्रोल गरेर विश्वकपको रोमाञ्चक इतिहास, रेकर्ड र यसपटक चम्किन सक्ने खेलाडीहरूको विस्तृत तथ्याङ्क हेर्न सक्नुहुनेछ।

४८ देश
१०४ खेल
१ विजेता

विश्वकप २०२६ — खेल तालिका

खेल
स. मिति समय टोली १ टोली २
कुनै खेल फेला परेन

विश्वकप र विजेता

ब्राजिल
१९५८, १९६२, १९७०, १९९४, २००२
इटाली
१९३४, १९३८, १९८२, २००६
जर्मनी
१९५४, १९७४, १९९०, २०१४
अर्जेन्टिना
१९७८, १९८६, २०२२
उरुग्वे
१९३०, १९५०
फ्रान्स
१९९८, २०१८
इंग्ल्याण्ड
१९६६
स्पेन
२०१०

विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीहरू

लियोनल मेस्सी
लियोनल मेस्सी
(अर्जेन्टिना)
२६
२६ खेल
लोथार म्याथाउस
लोथार म्याथाउस
(जर्मनी)
२५
२५ खेल
मिरोस्लाभ क्लोजे
मिरोस्लाभ क्लोजे
(जर्मनी)
२४
२४ खेल
पाओलो माल्दिनी
पाओलो माल्दिनी
(इटाली)
२३
२३ खेल
क्रिस्टियानो रोनाल्डो
क्रिस्टियानो रोनाल्डो
(पोर्चुगल)
२२
२२ खेल
डिएगो म्याराडोना
डिएगो म्याराडोना
(अर्जेन्टिना)
२१
२१ खेल
भ्वादिस्वाव झ्मुदा
भ्वादिस्वाव झ्मुदा
(पोल्यान्ड)
२१
२१ खेल
काफु
काफु
(ब्राजिल)
२०
२० खेल

विश्वकपमा सर्वाधिक गोल खेल्ने खेलाडीहरू

मिरोस्लाभ क्लोज
मिरोस्लाभ क्लोज
(जर्मनी)
१६
१६ गोल
रोनाल्डो
रोनाल्डो
(ब्राजिल)
१५
१५ गोल
गर्ड
गर्ड मुलर
(पश्चिम जर्मनी)
१४
१४ गोल
जस्ट फोन्टेन
जस्ट फोन्टेन
(फ्रान्स)
१३
१३ गोल
लियोनल मेसी
लियोनल मेसी
(अर्जेन्टिना)
१३
१३ गोल
केलिएन एमबाप्पे
केलिएन एमबाप्पे
(फ्रान्स)
१२
१२ गोल
पेले
पेले
(ब्राजिल)
१२
१२ गोल

चम्किन सक्ने ५ युवा खेलाडी

गिल्बर्टो मोरा
गिल्बर्टो मोरा
मेक्सिको
१७ वर्ष
यान डियोमान्डे
यान डियोमान्डे
आइभरी कोस्ट
१९ वर्ष
एन्ड्रिक
एन्ड्रिक
ब्राजिल
१९ वर्ष
इब्राहिम म्बाये
इब्राहिम म्बाये
सेनेगल
१८ वर्ष
केन्ड्री पाएज
केन्ड्री पाएज
इक्वेडर
१९ वर्ष

सबैभन्दा पाका ५ खेलाडी

क्रेग गोर्डन
क्रेग गोर्डन
स्कटल्यान्ड
४३ वर्ष · १६२ दिन
क्रिस्टियानो रोनाल्डो
क्रिस्टियानो रोनाल्डो
पोर्चुगल
४१ वर्ष · १२६ दिन
गिलेर्मो ओचोआ
गिलेर्मो ओचोआ
मेक्सिको
४० वर्ष · ३३३ दिन
लुका मोड्रिच
लुका मोड्रिच
क्रोएसिया
४० वर्ष · २७५ दिन
एडिन जेको
एडिन जेको
बोस्निया
४० वर्ष · ८६ दिन

सबैभन्दा कान्छा ५ खेलाडी

गिल्बर्टो मोरा
गिल्बर्टो मोरा (मेक्सिको)
१७ वर्ष · २४० दिन
हुगो सोचुरेक
हुगो सोचुरेक (चेकिया)
१८ वर्ष · ४ दिन
इब्राहिम म्बाये
इब्राहिम म्बाये (सेनेगल)
१८ वर्ष · १३८ दिन
हम्जा अब्देलकरिम
हम्जा अब्देलकरिम (इजिप्ट)
१८ वर्ष · १६१ दिन
बारा सापोको न्दियाये
बारा सापोको न्दियाये (सेनेगल)
१८ वर्ष · १६२ दिन

विश्वकपमा देखिने दाजुभाइ

गुएला डुए
गुएला डुए
आइभरी कोस्ट
·
डिजायर डुए
फ्रान्स
डिजायर डुए
इन्जाकी विलियम्स
इन्जाकी विलियम्स
घाना
·
निको विलियम्स
स्पेन
निको विलियम्स
डेरिक लकासेन
डेरिक लकासेन
घाना
·
ब्रायन ब्रोबी
नेदरल्याण्ड्स
ब्रायन ब्रोबी
जोन साउटर
जोन साउटर
स्कटल्याण्ड
·
ह्यारी साउटर
अष्ट्रेलिया
ह्यारी साउटर
लुकास हर्नान्डेज
लुकास हर्नान्डेज
फ्रान्स
·
थियो हर्नान्डेज
फ्रान्स
थियो हर्नान्डेज
क्विन्टेज टिम्बर
क्विन्टेज टिम्बर
नेदरल्याण्ड्स
·
जुरिएन टिम्बर
नेदरल्याण्ड्स
जुरिएन टिम्बर
लारोस डुआर्टे
लारोस डुआर्टे
केप भर्डे
·
डेरोय डुआर्टे
केप भर्डे
डेरोय डुआर्टे
लियान्द्रो बाकुना
लियान्द्रो बाकुना
कुराकाओ
·
जुनिन्हो बाकुना
कुराकाओ
जुनिन्हो बाकुना

फिफा विश्वकप विजेताको पुरस्कार राशि

सन् १९८२ देखि २०२६ सम्म (अमेरिकी डलरमा)

फिफा विश्वकप २०२६ मा सहभागी राष्ट्रहरू

विवरण लोड हुँदै, कृपया पर्खनुहोस्...

विश्वकप खेल्ने देशहरू (४८)
अन्य फिफा राष्ट्रहरू

खेल हुने स्थान — स्टेडियमहरू

विस्तृत विवरण निलो मार्करहरूमा

खेलकुद समाचार पढ्न यहाँ क्लिक गर्नुहोस् ।