+

अतीतको आघातबाट कसरी बाहिर निस्कने ?

विगतमा घटेको घटनाको ट्रमा (आघात) यति हुन्छ कि व्यक्तिलाई भावनात्मक र मानसिक रुपमा कमजोर पार्न सक्छ ।

यस्ता कतिपय आघातले मानिसलाई भित्र भित्रै खान थाल्छ । जसले डिप्रेसन र एन्जाइटी जस्तो समस्याको सामना गर्नु पर्ने हुनसक्छ ।

Advertisement

यदि तपाई पनि यस्तै विगतको आघातबाट बाहिर आउनु चाहानुहुन्छ भने यी टिप्सले मद्दत गर्न सक्छ ।

भावनालाई नदबाउने

आफ्नो भावनालाई दबाउने प्रयास गर्नु हुँदैन । रिस, दुख, डर जस्तो भावना आइरहेको छ भने स्विकार गरी व्यक्त गर्नुपर्छ ।

दक्ष विज्ञको मद्दत

एक थेरापिस्ट वा मनोचिकित्सकलाई के भैरहेको छ बताएर आघातको प्रभावलाई कम गर्न मद्दत लिन सकिन्छ ।

परिवार र साथीभाइको सल्लाह

परिवार, साथी वा मन मिल्ने नजिकैको आफन्तसँग आफ्नो कुरा राख्न सकिन्छ ।उनीहरुलाई भोगिरहेको कुरा भन्दा मन हल्का हुनसक्छ । उनीहरुले पनि भावनात्मक साथ दिन सक्छन् ।

स्वस्थ जीवनशैली

पर्याप्त निद्रा लिने, स्वस्थ खानपान, नियमित व्यायाम, साताको एकपटक घुमफिर गर्नाले पनि तनाव कम हुन मद्दत गर्छ ।

भावनालाई पेपरमा उतार्ने

आफ्नो भावना र विचारलाई पानामा लेख्ने बानीले पनि परिस्थितिलाई राम्रोसँग बुझ्न मद्दत मिल्छ । मन पनि शान्त हुनसक्छ ।

सृजनात्मक हुने प्रयास

दिनभर काम छैन भने केहि न केहि नयाँ सृजना गर्न थाल्नुहोस । यसले दिमाग र मन दुवैलाई अनेकौं गलत विचार आउँन दिंदैन । मनको बोझलाई हल्का पार्छ ।