+

घन्टौं स्क्रिन हेर्दा बच्चाको आँखामा देखिन्छ यी समस्या

दृष्टि दोष

बच्चाले  स्क्रिनमा धेरै समय बिताउँदा बच्चाको ध्यान एकै ठाउँमा मात्र केन्द्रित भैरहेमा  दृष्टि दोष देखिन सक्छ । यो समस्या भएमा उनीहरूले टाढा र नजिक दुवै राम्ररी देख्न सक्दैनन् ।

आँखा सुक्खा

आँखामाथिको ग्रन्थीले आँसु बनाई आँखालाई सुख्खा हुन दिंदैन । तर बच्चाले धेरै समय मोबाइल, कम्प्युटरमा बिताउँदा आँखाको नानीलाई ढाक्ने आँसुका तह फाटेर आँखा सुक्खा हुनसक्छ ।

Advertisement

डेढोपन

बच्चाले गेम वा भिडियो हेर्दा मोबाइल स्क्रिनको एकै ठाउँमा बढी हेर्ने गर्छन् । एकै ठाउँमा हेरिरहँदा आँखाको मांसपेशी कमजोर तथा आँखाको नसा प्यारालाइसिस भएर आँखा डेढो हुने सम्भावना बढ्छ ।

आँखा कमजोर भएको कसरी थाहा पाउने ?

बच्चाले बारम्बार एउटा आँखा झिमझिम गर्ने वा छोप्ने, टिभी हेर्दा टाढा बसेर हेर्दाहेर्दै नजिकै गएर हेर्छ भने पनि उसमा आँखाको समस्या छ कि भनेर शंका गर्नुपर्छ ।