+

यी पाँच काम, जुन खाना खाएपछि गर्नुहुँदैन

शरीरलाई चाहिने उर्जा र पोषक तत्वको स्रोत खाना नै हो । तर, केही गलत अभ्यासले गर्दा पाचनलाई प्रभावित पारेर न उर्जा पाउँछ न त पोषण नै । त्यसका लागि केही बानी जिम्मेवार छन्, जुन खाना खाए पछि हामी गर्ने गर्छौं ।

धूम्रपान नगर्ने

खाना खाने बित्तिकै धूम्रपान गर्नु सामान्य अरु बेलामा भन्दा दश गुणा बढी हानिकारक छ । यसले क्यान्सर, प्लुरिसी र आमाशयसम्बन्धि समस्या गराउन सक्छ ।

Advertisement

खाना खाएर नुहाउनु हुँदैन

खाना खाने बित्तिकै नुहाउने गर्नु हुँदैन । यसले पाचनले खाना पचाउनमा लगाउनु पर्ने समय र उर्जा रक्तसंचार गर्नमा लगाउँछ । र, अपचको समस्या गराउँछ ।

फलफूल तुरुन्त नखाने

खाना खाने बित्तिकै फलफूल खान थालियो भने राम्रोसंग खानेकुरा पच्दैन । पोषण तत्व पनि शरीरले लिन पर्ने जति  पाउँदैन।

चिया नपिउने

खाना खाने बित्तिकै चिया पिउनु हुँदैन । यसले खानाबाट पाउने आइरन र प्रोटिन अवशेषित गर्न पाउँदैन । यसले अपच र ग्यास हुनसक्छ ।

यही बानी लगातार हुने हो भने आन्द्रा, फोक्सो र पाचनतन्त्र खराब पार्छ । समय रहँदै सतर्क हुनुपर्छ ।

खाना खाएपछि हिडौ

खाना खाने बित्तिकै छोटो पाइला छोटो गतिमा केहि बेर हिड्ने गरौँ । आधाघण्टा आराम गरौँ । र कम्तिमा एक घण्टा चिया र फलफूल नखाने हो भने समग्र शरीरको लागि फाइदा पुग्छ ।