+

बिहान उठ्दा शरीर किन ‘फ्रेस’ छैन ?

मस्त निदाएर बिहान उठ्दा शरीर फूर्तिलो र ऊर्जावान् हुनुपर्छ  । तर कतिपयले यसको साटो शरीर बोझिलो भएको, दुखाई भए जस्तो, आलस्य र थकान भइराख्ने महसुस गर्छन् । यस्तो किन हुन्छ त  ?

तनावको असर

बढी तनाव लिंदा कोर्टीसोल हर्मोनको उत्पादन बढ्छ । जसले मांसपेशीमा दुखाई बढेको अनुभव हुनसक्छ । यसलाई कम गर्न ध्यान र योग गर्नु फाइदाजनक हुन्छ ।

Advertisement

सुताई नमिल्नु

सुताईको आसन नमिल्दा शरीरको सन्तुलन मिल्दैन । जसले शरीरको भागहरुमा असामान्य दवाव पर्छ ।

भिटामिन डीको कमी

भिटामिन डी र क्याल्सियमको कमीले बिहान देखि नै उर्जाको कमी गराउन सक्छ । यसले जिउ गल्ने र ताजा अनुभव हुन पाउदैन ।

तौल बढ्नु

अत्याधिक तौल बढ्दा मांसपेशी र जोर्नीमा दवाब बढ्छ । जसले दुखाइ बढ्ने र शरीर बोझिलो अनुभव हुनसक्छ ।

रगतको कमी

रक्तअल्पता वा रगतको कमीले पनि शरीर कमजोर भैराख्छ । जसले बिहान देखि उर्जामा कमी हुनसक्छ ।

के गर्ने ?

कहिलेकाहीं हुनु सामान्य हो । तर, दैनिक भैरहेको छ भने स्वास्थ्य परीक्षण गराउनु उचित हुन्छ । सन्तुलित खानपान, पर्याप्त निन्द्रा, व्यायाम र हाइड्रेट रहंदा यो समस्या हटन सक्छ ।