
जब बाहिरी प्याकेट बन्द र अति प्रशोधित खानेकुरा खान छोडिन्छ, शरीरमा सकारात्मक परिवर्तन आउँछन । जसले शरीरमा सुधार ल्याउँछ ।

पाचनतन्त्र बलियो हुन्छ
यस्ता खानेकुरा खाने बित्तिकै सबैभन्दा पहिला पाचन सुधार हुन्छ । यसले द्रुत गतिमा काम गरी पेटमा भारीपन वा डम्म हुने र ग्यास्ट्रिक जस्तो समस्या हटाउछ ।

सुन्निने र पोल्ने समस्या कम हुन्छ
जंक फुडमा हुने अत्याधिक नुन र तेलका कारण सुन्निने र पोल्ने समस्या कम हुन्छ । जसले शरीर हल्का हुने र उर्जाले भरिएको हुन थाल्छ ।

छालासम्बन्धि हुने समस्याबाट राहत
यस्ता खानेकुरालाई बाइकट गर्न बित्तिकै अनुहारको कोषिका राम्रो भएर अनुहार स्वस्थ र चम्किलो हुँदै आउँछ । किनकि, अनुहारमा डन्डीफोर आउनुमा यस्ता खानेकुरामा हुने अस्वस्थ तेल र नुनको भूमिका हुन्छ ।

मेटाबोलिजम राम्रो बनाउँछ
तौल विस्तारै कम हुन थाल्छ । किनकि, शरीरलाई अनावश्यक क्यालरीको भार उठाउन पर्दैन् । जसले मेटाबोलिजमको काममा सुधार ल्याउँछ ।

निद्रामा सुधार
निद्राको गुणस्तरमा सुधार ल्याउँछ । यी खानेकुरा छोड्दा ब्लड सुगर स्थिर रहन्छ । जसले दिमागलाई शान्त राख्छ । र, निद्रा राम्रोसँग लाग्छ ।