
क्रस्ट
यो पृथ्वीको सबैभन्दा बाहिरी तह हो, जुन हामी बस्ने ठाउँ हो। यसले नै माहशागर र महादेश सतह बनाउँछ।
Advertisement

म्यान्टल
क्रस्टको मुनि म्यान्टल हुन्छ। जुन अति तातो हुन्छ । यो अर्ध द्रव अवस्थामा हुन्छ । जसले ज्वालामूखी फुट्छ ।

बाहिरी कोर
यो पग्लिएको फलाम र निकेलबाट बन्छ । जुन म्यान्टलको मुनि तरल अवस्थामा अत्याधिक तातोमा बस्छ । यसले पृथ्वीको चुम्बकीय क्षेत्र उत्पन्न गर्छ ।

आन्तरिक कोर
यो पृथ्वीको सबैभन्दा भित्रको र अत्यन्त तातो भाग हो । यो ठोस रहन्छ । मुख्यत फलाम र निकेलबाट बनेको हुन्छ । निकेल हेर्दा चम्किलो, चाँदीजस्तो सेतो धातु हो। यिनीहरुको तापक्रम सूर्यको सतह जति नै हुन्छ ।

खनिज
पृथ्वीभित्र अनेक प्रकारको खनिज तत्व हुन्छन् । आइरन, तामा, सुन र चाँदी पाइन्छ । जसको उपयोगको लागि उत्खनन गर्ने गरिन्छ ।

तेल र प्राकृतिक ग्यास
पृथ्वीभित्र पेट्रोलियम ग्यास पनि पाइन्छ । यी वस्तुको उपयोग उर्जा र इन्धनको रुपमा गरिन्छ ।