+

के हुन्छ, जब हामी रक्सी छाड्छौं ?

कलेजोको स्वास्थ्यमा सुधार

रक्सी छोड्दा कलेजोले विषाक्त पदार्थहरू फिल्टर गर्ने काम प्रभावकारी रूपमा गर्न थाल्छ। हानिकारक रसायनले सुन्निएको कलेजोको बसाउँछ। र, फ्याटी लिभर वा सिरोसिस जस्ता समस्याको जोखिम घट्छ।

निद्राको गुणस्तरमा सुधार

अल्कोहलले निद्राको चक्रलाई बिगार्छ। मदिरा छोड्दा गहिरो र आरामदायी निद्रा प्राप्त हुन्छ, जसले तनाव र थकान कम गर्छ।

Advertisement

मानसिक स्वास्थ्यमा सुधार

रक्सीले चिन्ता र डिप्रेसनलाई बढाउन सक्छ। छोड्दा दिमागमा सेरोटोनिन र डोपामिनको स्तर सन्तुलित हुन्छ, जसले मूड राम्रो बनाउँछ र मानसिक स्पष्टता बढ्छ।

शारीरिक ऊर्जा र तौल नियन्त्रण

रक्सीमा उच्च क्यालोरी हुन्छ, जसले तौल बढाउन सक्छ। छोड्दा क्यालोरीको मात्रा कम हुन्छ, जसले तौल नियन्त्रणमा मद्दत गर्छ र ऊर्जा स्तर बढ्छ।

छालाको स्वास्थ्यमा सुधार

रक्सीले छालालाई डिहाइड्रेट गर्छ, जसले चाउरीपन र सुख्खापन निम्त्याउँछ। छोड्दा छाला हाइड्रेटेड र चम्किलो हुन्छ।

मुटुमा सुधार

रक्सीले रक्तचाप बढाउँछ र हृदयको मांसपेशीमा तनाव सिर्जना गर्छ। लामो समयसम्म मदिरा सेवनले मुटुको मांसपेशी कमजोर हुँदै जान्छ। छोड्दा रक्तनलीहरूको लचिलोपन सुध्रिन्छ र ट्राइग्लिसराइड (रगतमा हुने फ्याट) को स्तर घट्छ । रक्तचाप र मुटुको कार्यक्षमता सुधार हुन्छ ।

हर्मोन सन्तुलन र यौन स्वास्थ्यमा सुधार

रक्सीले टेस्टोस्टेरोन र इस्ट्रोजेन जस्ता हर्मोनहरूको उत्पादनमा असर गर्छ, जसले यौन कार्यक्षमता र प्रजनन स्वास्थ्यमा ह्रास ल्याउँछ। रक्सी छोड्दा हर्मोनल सन्तुलन पुनर्स्थापित हुन्छ, र पिट्युटरी ग्रन्थिको कार्य सुध्रिन्छ।