
बोले पछि पुरा गर्ने
आफुले बोलेको कुरा सधैं पुरा गर्ने प्रयत्न गर्नुहोस् । त्यो बोलिएको काम गाह्रो छ वा कसैले ध्यान दिएको छैन भने पनि पुरा गर्नुहोस् ।

समयमा गर्ने होइन, समय अघि गरेर देखाउनुहोस्
समयमा पुग्नु पर्ने ठाउँ वा कुनै काम समयमा गर्नु राम्रो हो । त्योभन्दा पनि अगावै गर्नु वा पुग्ने बानी गरेमा तपाईको प्रभाव अरुमा सकारात्मक पर्नेछ ।

पहिले सुन्ने त्यसपछि बोल्ने
पहिला अरुले भनेको कुरा ध्यान दिएर सुन्ने बानी गर्नुपर्छ । त्यसपछि मात्र आफ्नो विचार पोख्नुपर्छ । यसले अरुको भरोसा जित्न सकिन्छ । गलत बुझाई वा बोल्नबाट बचिन्छ ।

अरुको गसिपबाट टाढा रहने
जो व्यक्ति उपस्थित छैन उसको कुरा कसैसँग पनि काट्नु हुँदैन । र, यस्तो वातावरण छ भने पनि टाढा रहनु पर्छ ।

अपेक्षाभन्दा बढी गर्ने
यदि कुनै काम गर्नुपर्ने छ भने त्यसको अपेक्षा गरिएको भन्दा पनि उत्कृष्ट काम गर्न खोज्ने र डटेर लाग्ने हो भने यसले योग्यता त बढ्छ नै अरुको मन पनि सजिलै जित्न सकिनेछ ।

समस्या लिएर मात्र होइन समाधान पनि खोज्नुहोस
समस्या भए त्यसलाई कसरी सुझाउन सकिन्छ त्यो पनि सोच्ने गर्नुपर्छ । सधैं समस्या देखाउने मात्र बानी पनि उचित होइन ।

गल्ति भए आफु जिम्मा लिने
अरुलाई आरोप लगाएर पन्छिनु भन्दा पनि आफुले गल्ति गरेको कुरा स्विकार्नु पनि राम्रो व्यक्तिको गुण हो ।

शान्त रहने
मुस्किल परिस्थितिमा शान्त रहन सिक्नुपर्छ । शान्त रहँदा स्पष्ट रुपमा सोच्न पाईन्छ । समाधान निकाल्न सहज हुन्छ ।

अरुको कामको पनि प्रंशसा गर्नुहोस्
राम्रो विचार र कामको लागि आफ्नो सहकर्मी वा जो कोहि होस् तारिफ गर्ने बानी गर्नु होस् ।