+

सिधे नुन किन खाने ?

हिमालय पहाडबाट बनेको गुलाबी रङको नुन स्वास्थ्यका लागि फाइदाजनक छ । यसलाई 'हिमालय साल्ट' भन्ने गरिन्छ । यसलाई सिधे नुन पनि मानिन्छ।

के छ त यसमा ?

यसमा ८४ भन्दा बढी प्रकारको खनिज तत्व हुन्छन् । जसमा म्याग्नेसियम, पोटासियम, क्याल्सियम जस्ता खनिजहरू पाइन्छ, जुन सामान्य नुनमा कम हुन्छ। यी तत्वहरूले शरीरको स्वास्थ्यलाई फाइदा पुर्याउँछ।  खान मात्र होइन, थेरापीको रुपमा पनि प्रयोग गरिन्छ ।

Advertisement

गुलाबी सिरे नुनको प्रयोग हावालाई शुद्ध पार्नको लागि गरिन्छ । यसले वरपरको वातावरण ताजा पनि राख्छ । यसले हानिकरण कणहरुलाई सोस्ने काम गर्छ । जसले सास लिन सहज पार्छ ।

सिधे नुन थेरापीको रुपमा प्रयोग हुँदै आएको छ । जसले  दम भएकाहरुलाई श्वास प्रश्वासमा मद्दत गर्छ । किनकी, यसले फोक्सोलाई सफा बनाउन मद्दत गर्छ । श्वास लिने क्षमता  पनि बढाउँछ ।

यो पिउँदा शरीरलाई विषाक्त पदार्थ निकालेर उर्जावान बनाउन मद्दत गर्छ । त्यसैले, दैनिक विहान मनतातो पानीसँग घोलेर यो नुन खानु फाइदाजनक हुन्छ ।

सिधे नुन प्राकृतिक रूपमा पाइने र कम प्रशोधन गरिएको हुन्छ । यो नुनले शरीरमा इलेक्ट्रोलाइट सन्तुलन राख्न मद्दत गर्छ, जसले हाइड्रेशन र मांसपेशीको कार्यमा सहयोग गर्छ।

केही अध्ययन अनुसार सिधे नुनमा कम सोडियम हुने भएकोले रक्तचाप नियन्त्रणमा सहयोगी हुन सक्छ, तर यो व्यक्तिपिच्छे फरक पर्छ।

यसको अनौठो स्वाद र रंगले खानालाई स्वादिष्ट र आकर्षक बनाउँछ। सिधे नुन पनि अत्याधिक खानु भने हुँदैन। यदि तपाईंलाई विशेष स्वास्थ्य अवस्था छ भने, चिकित्सकसँग सल्लाह लिनु उपयुक्त हुन्छ।