
दाह्री पाल्ने प्रवृत्ति 'मेट्रो सेक्सुअल' शैलीको हिस्सा बनेको छ, जसले युवाहरूलाई स्मार्ट र आकर्षक बनाउँछ । पहिलो जस्तो दाह्री काटेर चिल्ला गला बनाउने शैली फेरिंदै गएको छ । तन्नेरीहरु कपाल काट्ने भन्दा दाह्री मिलाउन बढी शैलुन धाउने जमात ठुलो छ ।

अनुहारको संरचना अनुसार आफूलाई मनपर्ने सेलिब्रिटीको जस्तो नयाँनयाँ ढाँचामा दाह्री पाल्ने प्रवृत्ति व्याक छ । कस्ता फ्यासन चल्तीमा छन्. त ?

स्लोप
अहिले युवामाझ दाह्री काट्ने र पाल्ने सबैभन्दा लोकप्रिय स्टाइल हो स्लोप स्टाइल । यसमा गालाको दुवै भागतिर मसिनो गरी काटिन्छ । चिउँडोमा भने लामो दाह्री राखिन्छ । जुँगालाई दाह्रीकै भागमा लगेर जोडिन्छ ।

फ्रेन्च कट
फ्रेन्च कट दाह्री निकै प्रचलित शैली हो । यसमा स्लोप कट जस्तै गालाको दुई भागमा दाह्रीको कुनै अंश हुँदैन । त्यसमा सफाचट हुन्छ । चिउँडोको भागमा भने लामो दाह्री राखिन्छ ।

रोयल कर्भ
यसलाई राजशी ठाँटको शैली भने पनि हुन्छ । रोयल कर्भ पुराना राजामहाराजाले दाह्रीजुँगा राख्ने स्टाइल हो । यसलाई राजसी ठाँट र शान-शौकतसँग पनि जोडिन्छ । हाई प्रोफाइल, उच्च घरानाका र व्यापारी वर्गमाझ यो स्टाइल प्रचलित छ । यो स्टाइलमा जुँगा मोड्ने गरी राखिन्छ भने दाह्री अलि लामो पालिन्छ ।

फुल बियर्ड
यो कटमा दाह्री जुँगा पूरै राखिएको हुन्छ । यसमा चिउँडोतिर झरेको जुँगा छोटो हुन्छ भने चिउँडोको दाह्री भने अलिक लामो हुन्छ । गोलाकार भन्दा लाम्चो मुखाकृति हुनेले यो कट राख्दा राम्रो सुहाउँछ ।