+

डरलाग्दो सपना किन देखिन्छ ?

सामान्यतया निद्राको एक विशेष चरण हुन्छ । जसमा एउटा चरण र्‍यापिड आई मुमेन्टको हुन्छ । यो दौरान बढी सपना देखिन्छ ।

कहिलेकाहीं दुःस्वप्न अर्थात् नराम्रो सपना पनि आउँछ, जसले हामीलाई विचलित बनाउँछ । यो केही तनाव, चिन्ता, खराब स्मरणशक्ति वा औषधिको प्रभावले हुनसक्छ ।

Advertisement

हरेक दिन दुःस्वप्न देखिन्छ भने यो निद्रा सम्बन्धी रोग पनि हुनसक्छ । बाइपोलर डिसअर्डर, डिप्रेसन वा सिजोफ्रेनिया जस्ता समस्याबाट ग्रसित व्यक्तिले नराम्रो सपना देख्ने सम्भावना बढी हुन्छ ।

शारीरिक दुर्व्यवहार, यौन दुर्व्यवहार वा दुर्घटना, जीवनमा भएको ठूलो परिवर्तन, डिप्रेसन र सुल्झाउन नसकेको भावनात्मक कुरा मनमा चलिरहँदा पनि यस्तो सपना देखिन्छ ।