
रक्सीसँग सितन (जस्तै तारेको/भुटेको मासु, दालमोठ, चिप्स, भुजिया) खाँदा स्वास्थ्यलाई असर कम गर्छ। यो भ्रमले सितनसँग रक्सी खान प्रोत्साहन गर्छ, जुन स्वास्थ्यका लागि झन् हानिकारक छ।

पाचन प्रणालीमा हानि
रक्सीले पेट, कलेजो, र आमाशय (पाचन प्रणाली) लाई कमजोर बनाउँछ। यसको साथमा चिल्लो पदार्थ (तारेको मासु, भुजिया आदि) सितन खाँदा अपच, ग्यास र बान्ता हुने जोखिम बढ्छ।

रक्सी र चिल्लो सितनको संयोजन दिनहुँ हुने हो भने फ्याटी लिभर, सिरोसिस, वा कलेजो खराब हुने सम्भावना बढाउँछ। यो संयोजनले मुटु, ठूलो आन्द्रा र पाचन नलीमा सुन्निने, पक्षघात जस्ता गम्भीर समस्याहरू निम्त्याउँछ।

रक्सी र चिल्लो सितनले क्यालोरी बढाउँछ, जसले अनावश्यक तौल बढाउँछ । तौल बढ्नु भनेको अरु रोग लाग्ने सम्भावना बढाउनु हो ।

कतिपयले चाहिं रक्सीसँग काँक्रो, मूला, गाँजर वा फलफूलको सलाद खाने गर्छन् । रक्सीसँग खाएपछि यी खानेकुराले पनि फाइदा गर्छ भन्ने चाहिं हुँदैन । तर अन्य सितनको तुलनामा कम हानि मात्र गर्ने हो ।

रक्सी प्रोत्साहन गर्न मिल्ने पेय पदार्थ होइन । यो आफैंमा पनि नराम्रो पेय पदार्थ हो । यो जसरी खाएपनि, जेसँग खाएपनि हानि नै गर्ने हो । यसले शरीरलाई कुनै फाइदा गर्दैन ।