+

१० कुरा, जुन बच्चालाई भन्नु हुँदैन

'तिमि कुनै कामको छैनौँ'

बच्चालाई जिस्किएर पनि 'तिमि कुनै कामको छैनौँ' भन्न हुँदैन । यस्तो कुराले बच्चामा आत्मविश्वास तोड्छ । आफुलाई उनीहरुले कमजोर र बेकार सोच्छन । सुधार्न उनीहरुको कमीलाई तुलना गर्नु हुँदैन ।

'ठुलो भएर के बन्छस, त ?'

यदी पटक पटक यस्तै प्रश्न सोध्ने हो भने उनीहरुमा डर र लाज मिश्रित भावना आउनसक्छ । बच्चाले आफुमा केही बन्न सक्ने क्षमता नै छैन भन्ने सोच्न सक्छन ।

Advertisement

'पढ्न सकेनौं भने अरुको मजदुरी गर्नुपर्छ'

डर देखाएर केही सिकाउनु भनेको उल्टो भारी पर्न सक्छ । यस्तो भनाई सुन्दा उनीहरुले पढाईलाई प्रेरणा होइन नै ठान्न थाल्छन । पढाउने, सिकाउने कुरा जवर्जस्ती होइन, अवसरको रुपमा सिकाउनुहोस् ।

'छोरा भएर रुनु हुँदैन, छोरीले यस्तो गर्नु हुँदैन'

यस्तो भनाईले लैंगिक आधारमा सीमित बनाउँछ । बालक सानैबाट भावना लुकाउन थाल्छन । बालिका आवाज दबाउन थाल्छन । तर, शिक्षित परिवारमा यस्ता कुरामा सुधार गरको पाइन्छ ।

समाजले के भन्छ ?

हरेक काममा समाजको राय वा डर बच्चामा थोपार्दा उनीहरुले झिजो मान्छन् । उनीहरु आफ्नो निर्णयमाथि भरोसा गर्न सक्दैनन् । सहि र गलत छुटाउन नसक्ने हुन्छन् ।

'भाईबहिनीबाट केही सिक'

तुलनाले बच्चामा इर्ष्या भाव ल्याउँछ । हरेक बच्चामा फरक क्षमता हुन्छ । त्यसैले, तुलनाको साटो प्रोत्साहन गर्नुपर्छ ।

'चुप लाग ! नभए कुट्छु, पुलिस बोलाउछु'

यसरी डर देखाउँदा उनीहरु चुप त लाग्छन । तर, तपाईबाट टाढा हुन्छन् । डरको कारण आफ्नो भावना बाड्न सक्दैनन् । डरको साटो विश्वास पैदा गर्नुहोस्।

'तिमी कहिले सुध्रिदैनौं'

यस्तो भनाईले बच्चा आफुलाई नराम्रो सोच्छन । सुधारको आश सकिन्छ । सुधारको लागि समय दिनुपर्छ, रोक लगाउनु हुँदैन ।

'मैले गर भनेपछि भयो, बस !'

विना तर्क नियम थोपार्नु बच्चामा जिद्दीपन आउँन सक्छ । बच्चामा सहि गलत छुटाउने क्षमतामा कमी आउँछ । अनुशासनमा संवाद आवश्यक हुन्छ ।

'इज्जत माटोमा मिलाइस'

यो भनाईले बच्चामा लाज र अपराधबोध गराउन सक्छ ।  उनीहरु आफुले गल्ती गर्ने भन्दा पनि तपाईको इज्जत जाने बोझले डराउछन ।