+

के एयरफोनले कान बिगार्छ ?

तीव्र आवाज लगाएर लगातार एयरबड लगाउँदा कानमा दवाव पर्छ । जसले दुखाई र बेचैनी बढ्छ । कहिलेकाहीं एयरफोनको साइज कानमा फिट नभएर पनि समस्या हुनसक्छ ।

यसले कानभित्र हुनुपर्ने मोस्चरलाई रोक्छ । जसले ब्याक्टेरिया र ढुसी बढाउन सक्छ ।

Advertisement

ब्याक्टेरियल संक्रमण वा ढुसी बढेमा कान बन्द हुने, दुख्ने र सुनाईमा समस्या हुनसक्छ ।

लगातार प्रयोग गर्नेहरुमा कान बज्ने समस्या पनि हुनसक्छ । एयरफोन लगाउँदा बाहिरी दुनियाँबाट टाढा बनाउँछ । सडकमा जाँदा वा काम गर्दा एयरफोन लगाउँदा दुर्घटना हुने जोखिम हुन्छ ।