+

हवाईजाहजमा गोलो सिसा किन हुन्छ ?

हवाईजाहजमा बस्दा प्रायलाई झ्यालतर्फ नै बस्ने रुचि हुन्छ । किनकि, अग्लो ठाउँबाट जमिनको दृश्य अझ नजिक भएर नियाल्न पाइन्छ ।

त्यही नियाल्ने क्रममा के तपाईले कहिले सोच्नु भएको छ, हवाईजाहजको सिसा गोलाकार किन हुन्छ ?

Advertisement

सबै विमानमा उस्तै खालको सिसा राख्नुको पछाडी वैज्ञानिक कारण पनि छ । गोलाकार सिसा हेर्दा आकर्षक मात्र होइन, यस्तो आकारको सिसा भएको झ्यालले सुरक्षा पनि जबर्जस्त दिन्छ।

यदी वर्गाकार सिसा भएको भए चार कोणमा हावाको दवाव बढी पर्छ । जसले छिटो फुट्ने सम्भावना बढ्छ।

जब उचाई बढ्दै जान्छ, बाहिर र भित्रको हावाको दवावको गति फरक हुन्छ । गोलाकार सिसामा समान रुपमा हावाको चाप फैलिन्छ । जसले हावाको चाप सन्तुलन रुपमा थेग्न सक्छ । हावाको वेगले फुट्ने सम्भावना कम हुन्छ ।

यो डिजाइनले विमानको संरचनालाई बलियो बनाउँछ । लामो समयसम्म अत्यधिक उचाईमा पनि हावाको दवाव थेग्न सक्छ।

यात्राको क्रममा कुनै दवाव आएमा सो झ्यालले हावाको वेग राम्रोसंग सन्तुलनमा ल्याउन सक्छ ।

गोलाकार झ्यालहरू ७० वर्षभन्दा बढी समयदेखि हवाइजहाजमा प्रयोग हुँदै आएको छ। तर पहिले यस्तो थिएन । सुरुका दिनमा डिजाइनका कारण दुईवटा दुर्घटना भएका छन् । १९४० देखि, जब विमानहरू उच्च उचाइमा लैजान थाले, तब देखि गोल झ्यालहरू बनाइएको हो।