
अब के हुन्छ ?
भारतले सन् २०२० मै लागु गरेको यूरो-६ मापदण्ड अब नेपालमा पनि लागु भएको छ । यो भनेको के हो ? अब के हुन्छ ?

प्रदूषण घट्छ
यो अहिलेको युरो ३ को तुलनामा प्रदुषण परीक्षणमा कडाइ हुन्छ र यसले वातावरणीय प्रदूषण घटाउन मद्दत गर्छ ।

परीक्षणमा कडाइ
अब मापदण्ड पूरा गरेका सवारी साधनले मात्र आयात अनुमति पाउनेछन् । युरो ६ मा गएपछि सवारीको जाँच र मर्मतको काम ‘फुल्ली कम्प्युटराज्ड’ प्रविधिबाट गरिन्छ ।

सवारीअनुसार मापदण्ड
अब दुई, तीन र चार पाङ्ग्रे सवारी साधनको हकमा यूरो-५ र कम्तीमा चार पाङ्ग्रा भएका सवारी साधनको हकमा यूरो-६ मापदण्ड बमोजिमको परीक्षण विधि मान्य हुनेछ ।

नयाँ सवारी, नयाँ मापदण्ड
न्यूनतम ३.५ टनसम्म तौल भएकादेखि सबै मालबाहक साना, मझौला र ठूला सवारीमा समेत यूरो-६ मापदण्ड लागु भएको छ । नयाँ मापदण्ड नयाँ आयात हुने सवारी साधनको हकमा मात्र लागु हुनेछ ।

परीक्षण कसरी ?
कुल वजन ३ सय किलोग्रामभन्दा बढी भएका सवारी साधनको परीक्षण इन्जिन डाइनामोमिटरमा गरिने छ । दुई पाङ्ग्रे, तीन पाङ्ग्रे वा चार पाङ्ग्रे लघु सवारी साधनको लागि च्यासिस डाइनामोमिटरमा गरिने छ ।