
नुहाए पछि हामी मध्ये कयौं मानिस अन्जानमा केही यस्तो गल्ति गर्ने गर्छौं । जुन हाम्रो छाला र कपालको लागि हानिकारक हुनसक्छ ।

नुहाए पछि तौलियाले बल लगाएर रगडेर शरीर पुछ्न हुँदैन । यसले छालाको माथिल्लो पत्रलाई क्षति गर्न सक्छ । रुखो पनि हुनसक्छ ।

नुहाउने बित्तिकै हाम्रो छालामा हुने मसिनो प्वालहरु खुलिरहेका हुन्छन् । यस्तोमा छालामा केही नलगाई राख्दा सुख्खा र रुखो हुन्छ । त्यसैले, नुहाए पछि अनुहारमा मोश्चोराइजर लगाउनुपर्छ ।

चिसो कपाललाई कडा पारेर तौलियाले बाँध्न हुँदैन । यसले पानीले भिजेर कमजोर भैरहेको कपाल टुक्रिने र रुखो हुने गर्छ । चिसो कपालमा फंगस लागेर चाया पर्ने पनि हुनसक्छ ।

नुहाएपछि कपाल ओसिलो छोड्दा फंगल इन्फेक्सन वा डन्ड्रफको जोखिम बढ्छ। ओसिलो कपालमा ब्याक्टेरिया र फंगस सजिलै फैलिन सक्छ।

नुहाउने बित्तिकै चिसो खुट्टामा कसिलो मोजा वा जुत्ता लगाइ हाल्नु हुँदैन । किनकी, यसले फंगल संक्रमणको जोखिम हुनसक्छ ।