
घरमा शंख बजाउनु हिन्दु धर्ममा निकै शुभ मानिन्छ। धार्मिक ग्रन्थमा मात्र होइन, शंख बजाउनु अध्यात्मिक र वैज्ञानिक तवरले पनि राम्रो मानिन्छ । कसरी ?

शंखको आवाजले घरभित्रको नकारात्मक उर्जा हटेर सकारात्मक उर्जाको प्रवाह बढ्दै जाने विश्वास छ । जसले घरको माहौल शान्त हुने विश्वास छ ।
Advertisement

शंख बज्ने ध्वनीको तरङ्गले वातावरणमा रहेका हानिकारक किटाणु र जीवाणुलाई नष्ट गर्छ । जसले हावालाई शुद्ध बनाउँछ ।

शंख बजाउदा एकाग्रता पनि बढ्छ । र, यो बजिरहँदा मनमा एक किसिमको शान्ति मिल्ने गर्छ । जसकारण भैरहेको तनाव पनि कम हुन्छ ।

शंख बजाउदा गहिरो सास लिन र छोड्न आवश्यक हुन्छ । जसले फोक्सोको व्यायाम हुन्छ । जसले कार्यक्षमतामा सुधार आउँछ ।