
समय मापनको सुरुवात
प्राचीन सभ्यतामा सूर्य, पानी र बालुवाको प्रवाहबाट समय मापन गरिन्थ्यो । यो नै आजको घडीको आधार बन्यो ।

पहिलो घडी
१६औँ शताब्दीमा पहिलो घडी बन्यो । सुरुवातमा घडी महिलाका लागि गहनाको रूपमा हेरिन्थ्यो । त्यसबेला घडी फेसन आइटम मात्र थियो ।
Advertisement

सबैभन्दा जटिल घडी
सबैभन्दा जटिल यान्त्रिक घडीमा ५७ भन्दा बढी जटिलताहरू हुन सक्छन्, जसले सूर्य, चन्द्रमा र ग्रहहरूको गति देखाउँछन्।

हिरा जडित महँगा घडीहरू
केही लक्जरी घडीहरूमा हिरा र रत्नहरू जडित हुन्छन् । जसको मूल्य करोडौँ पर्छन् ।

बनावट
घडीहरू धातु, काठ, प्लास्टिक, सिरामिक जस्ता सामग्रीबाट बनाइन्छन्। केही घडीहरू नाडीको गतिबाट चल्छन् (स्वचालित), र केही ब्याट्रीमा भर पर्छन् ।

१० बजेर १० मिनेट जाँदा घडीका घण्टा र मिनेट सुईको अवस्थामा हेर्दा मान्छेको अनुहारमा मुस्कुराहट देखाउनका लागि बनाइने आकृति जस्तो बन्छ ।