+

अन्तरिक्षमा कसरी सुत्छन् यात्री ?

अन्तरिक्ष दिनबाट रात र रातबाट दिन मात्र ४५ मिनेटमा परिवर्तन हुन्छ । यसरी एक दिनमा १६ पटक सुर्यादय र सूर्यास्त हुन्छ।

यस्तोमा अन्तरिक्षयात्रीको निद्रा पुरा हुन कठिन हुन्छ ।

Advertisement

अन्तरिक्ष धर्तीबाट करिब ४ सय किलोमिटर माथि स्थित छ । र, हरेक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउछन ।

यस्तोमा अन्तरिक्षयात्री धर्तीको समय अनुसार नै चल्ने गर्छन । ताकी, उनीहरुको दैनिकी सन्तुलित होस् ।

बिहान ६ बजे उनीहरुको दिन शुरु हुन्छ । तोकिएको समय मै काम, खानपिन र शारीरिक व्यायाम र आराम हुन्छ ।

अन्तरिक्षयात्री दिनमा ८ देखि १० घण्टा काम गर्छन्। जसमा कुनै कुराको परीक्षण, स्टेशनको हेरचाह र दुई घण्टा शारीरिक व्यायाम हुने गर्छ।

निद्राका लागि भित्तामा स्लिपिङ ब्याग अड्डाएर सुत्ने गर्छन् । किनकी, शून्य गुरुत्वआकर्षणमा ओछ्यान हुँदैन।

झ्यालमा पर्दा लगाइन्छ। ताकी, सूर्यको किरणले निद्रामा बाधा नपुगोस् ।

उनीहरुको खाना फ्रिज - ड्राई र भ्याकुम प्याक हुन्छ। जसलाई सानो ओभनमा तताएर खाने गर्छन्।

उनीहरु मनोरन्जनका लागि किताब पढ्ने, म्युजिक सुन्ने र त्यहाँबाट देखिएको सुन्दर धर्तीको दृश्यलाई क्यामरामा कैद गर्छन।

उनीहरु ग्राउण्ड कन्ट्रोलबाट परिवारलाई कल गर्ने गर्छन । जसले परिवारमा तनाव कम पार्छ ।