
जब मरियाना ट्रेन्चको कुरा आउँछ, कुरा अलि विचित्र बन्छ। किनभने यो महासागरको सबैभन्दा गहिरो खाडल हो, जसमा धेरै सुल्झिन नसकेका रोचक रहस्यहरू छन् ।

मरियाना ट्रेन्च पश्चिमी प्यासिफिक महासागरमा अवस्थित कुनै पनि महासागरको सबैभन्दा गहिरो भाग हो। यो ट्रेन्च कम्तीमा ३६,०७० फिट लगभग ११,००० मिटर गहिरो छ ।

यो पृथ्वीको सतहमा १,५८० माइल लामो अर्धचन्द्राकार खण्ड हो। मरियाना ट्रेन्चको सबैभन्दा प्रभावशाली पक्ष यसको लम्बाइसँग होइन, बरु यसको गहिराइसँग सम्बन्धित छ। यसबारे केही यस्ता रोचक रहस्य छन् । जो देखेर विज्ञ नै चकित छन् ।

१. सगरमाथा भन्दा अग्लो
मरियाना ट्रेन्च संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा भन्दा उच्च उचाई छ । यसको उचाइ र मौसमी अवस्थाका कारण पर्वतारोहीहरूमा प्रख्यात छ।

२. प्राचिन जीवको वासस्थान
मरियाना ट्रेन्चमा धेरै प्राचिन र नदेखिएका जीवहरू बाँच्छन् । प्रकाशको कमी र कठोर वातावरणका बावजुद मरियाना ट्रेन्चमा २०० भन्दा बढी सूक्ष्मजीवहरू र अन्य जीवित प्राणीहरू सक्रिय छन् ।

केहीले मेगालोडन (लगभग २३ देखि ३.६ मिलियन वर्ष पहिले बाँचेको लोप भएको हाङ्ग्रे प्रजाति) को अस्तित्व रहेको विश्वास गर्छन्, तर हालसम्म त्यसको कुनै भौतिक प्रमाण फेला परेको छैन।

३. मरियाना ट्रेन्चको खोज
सन् १८७५ मा विश्व परिक्रमाको क्रममा एचएमएस च्यालेन्जर जहाजमा साउन्डिङ उपकरण प्रयोग गरेर यो पत्ता लगाइएको थियो। यसको नाम नजिकैको मरियाना टापुहरूको आधारमा राखिएको हो।

४. च्यालेन्जर डीप सबैभन्दा गहिरो
ट्रेन्चको सबैभन्दा गहिरो भागलाई च्यालेन्जर डीप भनिन्छ। यो नाम दुई जहाजहरू, एचएमएस च्यालेन्जर १ र एचएमएस च्यालेन्जर २, ले अन्वेषण गरेको आधारमा राखिएको हो।

५. मरियाना ट्रेन्चको तल पुग्ने पहिलो व्यक्ति
वैज्ञानिक ज्याक्स पिकार्ड र अमेरिकी नौसेनाका लेफ्टिनेन्ट डन वाल्शले सन् १९६० मा पहिलो पटक मरियाना ट्रेन्चको तल पुगेर अन्वेषण गरे। यो मिसन सफल भएको थियो।

६. मरियाना ट्रेन्चभित्र तातो पानी
महासागरमा सूर्यको प्रकाश नपुग्दा चिसो हुन्छन् । ट्रेन्चभरि हाइड्रोथर्मल भेन्टहरू छन्। ती भेन्टहरूबाट निस्कने पानीको तापमान ७०० डिग्री फरेनहाइटसम्म पुग्छ, जुन कसैलाई पनि तुरुन्तै जलाइदिन पर्याप्त छ।

७. हलिउड निर्देशकको आकर्षण
प्रख्यात निर्देशक जेम्स क्यामरनले सन् २०१२ मा मरियाना ट्रेन्चको तल पुग्ने अभियान सञ्चालन गरे। त्यहाँ उनले च्यालेन्जर डीपमा पहिलो पटक तस्बिरहरू खिचे।

उनले यो लक्ष्य हासिल गर्न २४ फिट लामो सबमर्सिबल डिजाइन गरे, जसको झ्याल ९.५ इन्च बाक्लो थियो ताकि गहिराइको अत्यधिक दबाब सहन सकियोस्।