
एल इ डी बल्ब
घरमा एल इ डी बल्बको प्रयोग गर्ने । यो बल्बले उज्यालो पनि पर्याप्त दिन्छ । तुलनात्मक रूपमा बिजुलीको खपत पनि कम गर्छ ।

आवश्यक नभएको समयमा स्विच बन्द गर्ने
कुनै विद्युतीय उपकरणको उपयोग नहुँदा स्विच बन्द गर्नुपर्छ । स्ट्याण्ड 'बाई मोड'मा पनि बिजुली खपत भैरहेको हुन्छ । स-सानो कुरामा ध्यान राख्दा पनि बिजुलीको खपत कम हुन्छ ।
Advertisement

प्राकृतिक किरणको फाइदा लिने
घरमा जति भेन्टिलेशन हुन्छ । त्यति राम्रो हुन्छ । झ्याल र ढोकाबाट हावा र किरण पास हुन दिनुपर्छ । स्वास्थ्य पनि स्वस्थ हुन्छ, बिजुलीको खपत पनि कम हुन्छ ।

बिजुली उपकरण सीमित गर्ने
जति सकिन्छ, त्यति बिजुलीको खपत कम गर्नुपर्छ । हेभी हिटर, ओभन र गीजरको सीमित प्रयोग गर्न सकिन्छ । आवश्यकता अनुसार चलाउने र बन्द गर्नुपर्छ।

फ्रिजको सहि उपयोग
फ्रिज पटक पटक खोल्दा त्यसको ऊर्जा बढी खर्च हुन्छ । खाली वा धान्न नसक्ने समानले पनि बिजुलीको बिल बढी उठ्न सक्छ ।