
अपमान
यदि कुनै कारणले कतै अपमानको सामना गरिएको छ भने त्यसलाई गोप्य राख्नु नै श्रेयस्कर हुन्छ । यो कुरा अरुलाई थाहा भयो भने उनीहरुले मजाक बनाउनेछन् ।

धनसम्पत्ति
आफ्नो सम्पत्तिको विषयमा जानकारी जति कम मानिसलाई हुन्छ उति नै राम्रो मानिन्छ । कतिपय गलत मनसायका मानिसले पैसा छ भन्ने सुइँको पाएर पहिले अनेक तिकडम गरेर मित्रता गाँसी पछि ठूलो नोक्सान पु¥याउन सक्छन् ।

दान
जो मानिसले अरुबाट प्रशंसा पाउनका लागि वा अन्य मानिसका अगाडि आफूलाई महान् सिद्ध गराउने उद्देश्यका साथ देखावटी दान गर्छ त्यस्ता व्यक्तिले त्यसअघि गरेका सबै पुण्यकर्म नष्ट हुने मानिन्छ।

मैथुन
यौन जीवनलाई गोप्य राख्नु नै हरेक हिसाबले राम्रो मानिन्छ । दुई व्यक्तिबीचको कुरा तेस्रोले थाहा पायो भने उसले त्यसबाट नाजायज फाइदा उठाउन सक्छ।

घरभित्रको झगडा
घरभित्रको आपसी झगडा कहिल्यै पनि बाहिर फैलाउनु हुँदैन । यसो गर्दा समाजमा परिवारको प्रतिष्ठामा आँच आउनेछ । साथै आन्तरिक झगडाबाट बाह्य तत्वहरुले फाइदा उठाउन सक्नेछन् ।

गोपनियता
अरूको व्यक्तिगत कुरा, रहस्य, वा विश्वास गरेर दिएको जानकारी कसैसँग पनि बिना अनुमति साझा गर्नु हुँदैन। गोपनीयता भंग गर्दा विश्वास गुम्न सक्छ, सम्बन्धमा दरार पर्न सक्छ।