
बाल्यकालमा बच्चाहरु कुरा जान्न, सिक्नका लागि अति उत्सुक हुन्छ । यो समयमा आफूले देखेसुनेका, पढेका कुराको छाप गहिरोसँग पर्छ । त्यो ज्ञान उनीहरुले कार्टुनबाट सिक्न सक्छन् ।

नैतिक र सामाजिक मूल्य
धेरै कार्टुनमा त्यहाँका पात्रमार्फत इमानदारी, सहयोग, मित्रता र सम्मानको महत्त्व दिइएको हुन्छ। इमान्दार नहुँदाको नतिजा, आफुभन्दा ठूला र सानालाई व्यवहार गर्नुपर्ने तरिका कथाहरूले सिकाइरहेको हुन्छ ।

भाषा
कार्टुनमा देखिने रंगीन चित्र र सरल संवादले उनीहरूको शब्दभण्डार वृद्धि हुन्छ। नयाँ-नयाँ शब्दावली तिनको सही प्रयोगबारे जानकारी राख्न मद्दत गरिरहेको हुन्छ ।

कल्पनाशीता र सिर्जनशीलता
कार्टुनमा काल्पनिक संसार तयार गरिएको हुन्छ । रोचक कथा तथा घटनाक्रम त्यहाँ समावेश हुन्छ । यसले बालबालिकामा कल्पना गर्ने र सिर्जना गर्ने क्षमता विकास गरिरहेको हुन्छ ।

समस्या झेल्ने उपाय
कार्टुनमा पात्रहरूले विभिन्न समस्यामा परेको देखाइन्छ । समस्याबाट पार पाउन विभिन्न उपाय अपनाइरहेका हुन्छन् । यसले बालबालिकामा समस्याहरू आउँछन् र तिनका समाधान पनि हुन्छन् भन्ने कुरा सिक्छन् ।

अरुको भावना बुझ्ने
कार्टुनका कथामा खुसी, दु:ख, रिस र डर जस्ता भाव समेटिएका दृश्य समावेश हुन्छन् । यसले बालबालिकालाई आफ्ना भावनाहरू पहिचान गर्न र व्यवस्थापन गर्न सहयोग गर्छ।

शैक्षिक ज्ञान
कतिपय कार्टुनहरू शैक्षिक उद्देश्यले नै पनि बनाइएका हुन्छन् । जस्तो क, ख, ग…, ए, बी, सी, डी…, १, २, ३… आदि सिकाइका लागि कार्टुनसहितका धेरै भिडियोहरू बनाइएको पाइन्छ । पाठहरूम रहेका कविता, कथाहरूलाई पनि कार्टुन भिडियोको रुपमा पाउन सकिन्छ ।

यस्ता कार्टुनले बालबालिकालाई रमाइलो तरिकाले पढाइका आधारभूत ज्ञान सिकाउन सकिन्छ । उनीहरूको सिकाइप्रति रुचि बढ्छ।