+

५ तरिका, जसले रातको खाना पछि ग्लुकोजको मात्रा नियन्त्रण गर्छ

रातको खानापछि रगतमा चिनी नियन्त्रण हुनुपर्छ। विशेषगरी मधुमेह वा प्रि-डाइबेटिज भएका व्यक्तिहरूका लागि ।

के गर्ने ?

रातको खानापछि १०–१५ मिनेट हल्का हिँड्दा रगतमा चिनीको मात्रा कम गर्न मद्दत मिल्छ । हिँड्दा शरीरका मांसपेशीहरूले ग्लुकोज सोसेर मात्रा अचानक बढ्न दिँदैन ।

Advertisement

खानामा धेरै कार्बोहाइड्रेट लिँदा रगतमा चिनीको मात्रा तीव्र रूपमा बढ्छ । त्यसैले, रातको खानामा फाइबर, कम चिल्लो र प्रोटिनयुक्त खानेकुरा समावेश गर्नुपर्छ ।

रातको खानापछि मिठाइ, केक, कुकिज वा मैदाबाट बनेका खानेकुराहरू खाँदा रगतमा चिनीको मात्रा तीव्र रूपमा बढ्न सक्छ ।

खाना खाएको तुरुन्तै धेरै पानी पिउनबाट बच्नुपर्छ । खाना खाएको आधा घण्टापछि मनतातो पानी वा हर्बल चिया पिउन सकिन्छ ।

मधुमेह भएकाले रातको खाना खाएको १–२ घण्टापछि रगतमा चिनीको मात्रा जाँच गर्नुपर्छ । यसले रातको खाना र जीवनशैलीले रगतमा चिनीको मात्रामा कस्तो असर पारिरहेको छ भनेर बुझ्न मद्दत गर्छ ।