+

रंगमञ्चदेखि म्युजिक भिडियोसम्म, रेखाको फरक अवतार

अभिनेत्री रेखा थापा पर्दाभित्र जस्तो देखिन्छिन् । पर्दाबाहिर पनि उस्तै छिन् । निडर, नेतृत्व गुण भएकी र हक्की स्वभाव ।

उनी प्राय फिल्महरुमा केन्द्रीय भूमिकामा देखिन्छिन् । जसले अन्याय विरुद्ध लड्छ।

Advertisement

उनी पर्दाभित्र र बहिर पनि  सामाजिक विकार र विकृति विरुद्ध बुलन्द रुपमा  बोलिरहेकी हुन्छिन् ।

१५ वर्षको कलिलो उमेरमा 'हिरो' चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी रेखाले अहिलेसम्म कयौं फिल्ममा अभिनय गरेकी छिन् ।

कुशल अभिनेत्रीका रुपमा चिनिएकी रेखाले आफ्नै ब्यानरका केहि चलचित्र आफैले निर्देशन समेत गरेकी छिन् ।

रेखा अभिनित चलचित्र हिरो, मितिनी, धड्कन, हामी तीन भाई, हिम्मतवाली, किस्मत, मालिका जस्ता चलचित्रहरु दर्शकमाझ निकै लोकप्रिय छन् ।

एकताका हिरो भनेकै रेखा थापा भन्ने छाप समेत उनको थियो । रेखाको क्रेज व्यापक थियो । अहिले पनि देखिन्छ ।

उनी राजनीतिक क्षेत्रमा पनि लागिन । तैपनि, फिल्मी जगतलाई भने छाडीनन् ।

पछिल्लो समय उनी पहिलोपटक रंगमञ्चमा पनि देखिइन । नाटक 'मिरा'मा उनको अभिनय दर्शकले खुब रुचाए ।

त्यसैगरी करियरको पहिलोपटक म्युजिक भिडियोमा पनि देखिइन । गायक प्रकाश सपुतको 'नाइँ भनेसी नाइँ' बोलको म्युजिक भिडियोमा दुर्गाको अवतारमा देखिएकी छिन्।