
शरीरभित्र यस्तो संयन्त्र हुन्छ, जसले शरीरलाई तन्दुरुस्त राख्न हरक्षण प्रयास गरिरहेको हुन्छ । कुनै रोगव्याधि लाग्न नदिन, कुनै खराब संक्रमण हुन नदिन त्यो संयन्त्रले काम गरिरहेको हुन्छ ।

शरीरभित्र के भइरहेको छ ? हामी देख्दैनौं । त्यहाँ सबै अंगहरुले चुपचाप आ-आफ्नो काम गरिरहेको हुन्छ । काम पनि एकदमै जिम्मेवारीपूर्वक ।

शरीरको कार्य प्रणाली
रक्तसंचार प्रणालीले शरीरभर अक्सिजनलगायत पोषक तत्वलाई कोष-कोषसम्म पुर्याउँछ । शरीरमा भएको विजातिय पदार्थलाई शरीरबाट बाहिर निष्कासन गर्छ ।

श्वासप्रश्वास प्रणालीले अक्सिजनको आपूर्ति गर्ने र हरेक कोषमा पुर्याउने काम गरेको छ । त्यस्तै, पाचन प्रणालीले खानालाई पचाउने र पोषक तत्त्वलाई अवशोषण गरेर शरीरमा पठाउँछ र शरीरलाई नचाहिने कुरालाई बाहिर निकाल्छ ।

शरीरमा प्रतिरक्षा प्रणाली पनि छ जसले शरीरमा आन्तरिक वा बाह्य कारणबाट केही समस्या आयो भने शरीरलाई त्यसबाट जोगाउने र शरीरको रक्षा गर्ने काम गर्छ ।

ब्याक्टेरिया र फङ्गसबाट लाग्ने रोगहरूलाई निको पार्न विभिन्न औषधिहरू बनेका छन् । तर, भाइरस जन्य रोगहरूलाई निको पार्ने औषधि पाइँदैन ।

रोगसँगको जैविक युद्ध
बाहिरी कीटाणु, भाइरस, ब्याक्टेरिया शरीरमा छिर्दा प्रतिरक्षा प्रणाली सक्रिय हुन्छ र युद्धको रणनीति बनाउँछ ।

स्वरूप बद्लिँदा चुनौती
भाइरसले स्वरूप बदल्दाप्रणाली गढबढिन्छ। जस्तै, कोरोना भाइरसका नयाँ भेरियन्टहरू आएपछि बुस्टर खोप आवश्यक भयो ।

खोपको योगदान
खोप शरीरमा सूचना पुर्याउँछ। जसले गर्दा फेरी त्यही भाइरस आयो भने शरीर तयार हुन्छ र युद्ध जित्छ ।

दीर्घरोगको चुनौती
दम, मधुमेह, मुटु रोग, क्यान्सर जस्ता दीर्घ रोगबाट बच्न प्रतिरक्षा प्रणाली कमजोर नहोस् भन्ने ख्याल गर्नुपर्छ ।

जीवनशैलीको असर
कृत्रिम खाना, प्रदूषण र तनावले रोग प्रतिरोधात्मक क्षमता घट्दैछ। जसले सानै उमेरमा पनि रोगहरुको सिकार हुँदैछन् ।

खानाको प्रभाव
रङ्गीचङ्गी, प्याकेट बन्द खानेकुरा स्वादका नाममा विष सरह हुन्छ। यसले शरीरमा विजातीय पदार्थ बढाउँछ।

समाधान के हो ?
प्राकृतिक, स्वास्थ्यकर खाना, व्यायाम र ध्यान, तनाव व्यवस्थापन नै स्वस्थ रहने औषधि हो।