+

कहिले र कस्तो स्थितिमा ‘नाइँ’ भन्ने ?

सीमालाई पनि सम्मान नगर्दा

तपाईको समय र सीमाको आदर भई रहेको छैन। पटक पटक कुरा राख्दा पनि अपहेलना गर्न थाल्छन् भने उनीहरुलाई 'नाइँ' भन्न आवश्यक छ । र, त्यस्तो व्यक्तिबाट सतर्क रहनु उचित हुन्छ ।

गलत काम

कोही तपाईलाई काम लगाउन वा साथ खोज्दैछन् । जुन काम तपाइँलाई भित्रैबाट गलत हो भन्ने लाग्छ भने त्यसको लागि कहिले पनि स्वीकार्न हुँदैन । यस्तो अवस्थामा स्पष्ट 'नाइँ' भन्नु आवश्यक छ ।

Advertisement

समय छैन भने

यदि समय छैन भने अरुको कामको लागि 'नाइँ' भन्नु नै उचित हुन्छ । समय पनि छैन, र त्यो काम गर्छु भनियो भने दिमागलाई बोझ हुन्छ । र, पूरा गर्न नसक्दा विश्वास तपाईंप्रति गुम्न सक्छ ।

ट्र्रिकमा नाउने

यदि कुनै कुराको लागि मनले खासै स्वीकृति दिएको छैन । तर, कसैले भावनात्मक ट्रयापमा पारेर जबरजस्ती गरेमा पनि सिधा 'नाई' भन्नु पर्छ । जबरजस्ती गरेको काम र सम्बन्ध दिगो जादैन ।

प्राथामिकतासँग मेल नहुँदा

प्राथमिकतासँग मेल नै खाँदैन भने त्यसको लागि 'हुन्छ' भन्नु आवश्यक हुँदैन ।

टक्सिक सम्बन्ध

जबर्जस्ती सम्बन्ध निभाउनु भन्दा नाइँ भनेर सम्बन्ध टुंग्याउनु नै दुईतर्फको लागि उचित हुन्छ । जहाँ महत्व नै छैन त्यहाँ रहेर कुनै फाइदा छैन ।

नाइँ भन्ने बानी नै नहुँदा

हरेक कुरालाई मन नहुँदा पनि नाइँ भन्न नसक्दा कहिलेकाहीं आत्मसम्मानमा पनि ठेस पुग्न सक्छ । अरुले आफ्नो फाइदा उठाउन सक्छन ।