+

यस्तो देश, जहाँ ७६ दिनसम्म सूर्य अस्ताउँदैन

यस्तो पनि देश छ, जहाँ दिनमा एकै समयमा आधा भागमा रात र आधा भागमा दिन हुन्छ।

विश्वमा १९५ वटा देश छन् । त्यसमध्ये एउटा देशमा मात्रै यो नजारा देख्न पाइन्छ ।

Advertisement

यो देश यति ठुलो छ कि, एउटा होइन, दुईवटा होइन, ११ टाइम जोन छ । यही कारणले यहाँ यस्तो अनौठों स्थिति सिर्जना भएको हो ।

हामीले चर्चा गरिरहेको विश्वको ठुलो देश रुसको हो । जहाँ एकै समयमा मानिस ब्रेकफास्ट र लन्च गरिरहेका हुन्छन्।

रूसमा केहि बिहानको सुरुवात गर्छन् भने कतै रातको मस्त निद्रामा डुबिरहेका हुन्छन् ।

मे देखि जुलाईसम्म रूसको केही भागमा लगातार ७६ दिनसम्म सूर्य डुब्दैन । जसकारण यसलाई 'ल्याण्ड अफ मिडनाइट सन' भनिन्छ ।

मरमंस्क एक यस्तो देश हो, जहाँ गर्मीमा करिब ६० दिनसम्म रात हुँदैन । सो दौरान त्यहाँ रात र दिन ठम्याउन गाह्रो हुन्छ । त्यहाँ समय अड्कल गर्न घडी नै हेर्नु पर्ने हुन्छ ।