+

मान्छेलाई किन पिरो पनि स्वाद लाग्छ ?

पिरो खानेकुरामा लोभिने जमात आज पनि उस्तै छ, जति हिजो थियो । त्यसैले त बजारमा ‘पिरो चाउचाउ’ देखि ‘पिरो कुरकुरे’ सम्म छ्यापछ्याप्ती छ।

पिरो हामीलाई किन स्वाद लागेको होला ? जिब्रो पर्पराउने, आँखा रातो हुने खानेकुराप्रति हाम्रो जिब्रो कसरी लोभिएको होला ?

Advertisement

खुर्सानीको पिरो स्वादको मुख्य कारण हो क्याप्साइसिन नामक रसायन ।

क्याप्साइसिन नामक रसायन । यो यौगिकले हाम्रो जिब्रोमा रहेका ताप र पीडाको सूचकलाई सक्रिय बनाउँछ, जसले गर्दा हामीलाई पिरो र तातो अनुभव हुन्छ।

खुर्सानी अर्थात पिरो खाएपछि हामी कुनै तातो वा हानिकारक चीजको सम्पर्कमा आएका छौँ भनेर क्याप्साइसिनले मस्तिष्कमा सन्देश पठाउँछ ।

मस्तिष्कमा यो संकेत पुगेपछि त्यसको प्रतिक्रिया स्वरुप हाम्रो शरीरमा पसिना आउने, अनुहार रातो हुने र मुटुको धड्कन बढ्ने जस्ता लक्षणहरू देखिन्छन् ।

पिरो खाना खाँदा मस्तिष्कले एन्डोर्फिन र डोपामाइन जस्ता रसायनहरू उत्पादन गर्छ, जसले हामीलाई आनन्द र सन्तुष्टिको अनुभव गराउँछ ।