
हाई वेस्ट जीन्स र क्रप टप
यो नब्बे दशकको क्लासिक लुक थियो। जुन अहिले काफी चल्तीमा छ । यो पहिरन गर्मीमा कुल देखाउने र लगाउन पनि सहज छ ।

ब्यागी जिन्स र लुज टप
अहिले प्रायले ब्यागी जिन्समा लुज टप लाएको देखिन्छ । यो पनि नयाँ फेसन नभएर ९० दशकमै चल्तीमा रहेको ट्रेन्ड हो । ब्यागी जिन्स वा कार्गो प्यान्टमा लुज टपले शानदार लुक दिने गर्छ ।
Advertisement

स्लिप ड्रेस
सिल्क वा साटानको ड्रेस ९० को दशकमा खुब चल्तीमा रहेको पहिरन हो । प्राय पार्टीहरुमा यस्तो पहिरन लगाइन्थ्यो । अहिले पनि महिलाहरु यो कुनै विशेष समारोहमा यस्तै पहिरन रोजाईमा पर्छ ।

ओभर साइज ब्लेजर
अहिले अफिस वा मिटिङमा लगाउने ओभर साइज ब्लेजर पनि ९० दशकमै चलेको पहिरन हो। यो पहिरन सेतो प्यान्ट र क्रोप प्यान्टमा लगाइन्छ ।