+

६ खेल, जसले बच्चाको मस्तिष्कलाई कम्प्युटरभन्दा तिक्ष्ण पार्छ

खेल भनेको बच्चाको लागि मात्र रमाइलो होइन, सिक्ने माध्यम पनि हो। खेल्दा उनीहरूको स्मरणशक्ति, ध्यान, समस्या समाधान क्षमता बढ्छ। सामाजिक सम्बन्ध, धैर्यता र टीमवर्क सिकिन्छ।

यस्तै, केही खेल छन् । जुन बच्चाको भावनात्मक र मस्तिष्क विकासको लागि उपयोगी हुन्छ ।

Advertisement

चेस

चेसले योजना बनाउन र दीर्घकालीन सोच विकसित गर्छ। प्रत्येक चालले धैर्यता र ध्यान बढाउँछ। रणनीतिक दिमागलाई बलियो बनाउने उत्तम खेल हो।

माइन क्राफ्ट

माइन क्राफ्टले सिर्जनशीलता र कल्पनाशक्ति उजागर गर्छ। नयाँ संसार बनाउन समस्या समाधान गर्न सिकाउँछ। बच्चालाई स्वतन्त्र र नविन सोचतर्फ प्रेरित गर्छ।

पज्ज्ल

पज्ल खेल्दा ध्यान केन्द्रित गर्ने क्षमता बढ्छ। साना समस्या समाधान गर्दै विश्लेषणात्मक सोच तीक्ष्ण हुन्छ। धैर्य र बिस्तारै काम गर्ने बानी पनि बस्छ।

मेमोरी गेम

मेमोरी खेलले बच्चाको सम्झने क्षमता बलियो बनाउँछ। छिटो सोच्ने र चाँडै प्रतिक्रिया दिने कौशल बढ्छ । पढाइमा पनि सजिलै कुरा सम्झिन मद्दत गर्छ।

सुडोकु / गणित

गणित र सुडोकुले तार्किक सोचलाई तेज बनाउँछ। यसले संख्या र ढाँचा बुझ्ने क्षमता बढाउँछ। समाधान खोज्दा दिमाग कम्प्युटरजस्तै गतिशील हुन्छ।

शारीरिक खेल

दौड, फुटबल र ब्याटमिन्टन जस्ता शारीरिक खेलले शरीर र दिमाग दुवैलाई सक्रिय राख्छ। टीमवर्कमा खेल्दा बाहिरी वातावरणमा घुलमिल हुन सिकाउँछ। स्वस्थ रणनीति बनाउँछ ।