+

घन्टौं बसिरहनु कति घातक ?

कम्मर दुख्ने समस्या

लामो समयसम्म एकै आसनमा बस्दा मरुदण्डको हड्डीमा दबाब पर्छ । यसमा दवाव पर्दा कम्मर, ढाड र गर्दनमा असर पर्छ ।

मांसपेशी कमजोर हुनु

लामो समयसम्म बस्दा खुट्टा, काँधदेखि तल कम्मरसम्मको भाग चाहिने जति सक्रिय हुन पाउदैन। जसले कमजोर हुने मात्र होइन, त्यसको वास्तविक आकार पनि बदलिन थाल्छ ।

Advertisement

तौल बढ्नु

बसिरहँदा क्यालरी बढ्न थाल्छ । जसले गर्दा अत्याधिक बोसो जम्न थाल्छ । यही मोटोपनको कारण बन्न सक्छ । मोटोपनले पछि गएर अन्य दिर्घ रोगको सम्भावना बढाउन सक्छ ।

मुटु रोग

लगातार बसिरहँदा रक्तचाप र कोलेस्ट्रोलको स्तर बढ्न थाल्छ । जसले मुटु र स्ट्रोक जस्तो रोगको जोखिम गराउँछ ।

मधुमेह

यो बानीले शरीरमा उत्पादन हुने इन्सुलिन प्रति शरीर संवेदनशील हुन्छ । जसले रक्त चाप नियन्त्रण गर्न मुस्किल हुन्छ ।

मानसिक स्वास्थ्यमा असर

कमबाट विश्राम नलिने र लगातार बसेर काम गर्दा शारीरिक रुपमा निष्क्रिय भई मानसिक स्वास्थ्यमा गहिरो असर पर्न सक्छ ।

रक्तसंचारमा समस्या

यसरी बसिरहँदा रक्तसंचारमा कमी भई रक्तसंचार राम्रोसँग हुन पाउँदैन । जसले भेरीकोजको समस्या हुनसक्छ ।