+

८ फिल्म, जसले पिताको महत्व बुझाउँछ

१. द परस्युट अफ ह्यापिनेस (२००६)

यो हलिउड फिल्म क्रिस गार्डनरको वास्तविक जीवनमा आधारित छ, जसले आर्थिक संकट र घरविहिन हुँदा पनि आफ्नो छोराको भविष्यका लागि अथक संघर्ष गर्छन् । यो फिल्मले पिताको स्नेह र छोराप्रतिको समर्पणलाई मार्मिक रूपमा देखाउँछ ।

२. फादर अफ द ब्राइड (१९९१)

यो हलिउड कमेडी-ड्रामा फिल्म हो । जसमा एक पिताले आफ्नी छोरीको विवाहको तयारीमा आफ्ना भावनाहरूसँग जुध्नुपर्छ । फिल्मले पिताको संरक्षक भूमिका र छोराछोरीको खुसीका लागि आफ्नो भावनालाई त्याग्ने क्षमतालाई दर्शाउँछ।

Advertisement

३. लाइफ इज ब्युटिफुल (१९९७)

इटालियन फिल्म ‘लाइफ इज ब्युटिफुल’ दोस्रो विश्वयुद्धको समयमा एक यहुदी पिता ग्विडो (रोबर्टो बेनिग्नी) को कथा हो । यसमा उनले आफ्नो सानो छोरालाई नाजी शिविरको क्रूरताबाट जोगाउन खेलको भूमिकाको परिस्थितिलाई प्रस्तुत गरिएको छ ।

४. टु किल अ मकिङबर्ड (१९६२)

यो क्लासिक अमेरिकी फिल्म हार्पर लीको उपन्यासमा आधारित छ, जसमा एकल पिता एटिकस फिन्च (ग्रेगरी पेक) ले आफ्ना दुई सन्तानलाई नैतिकता, न्याय र समानताको पाठ सिकाउँछन् ।

५. बाइसाइकल थिभ्स (१९४८)

इटालियन फिल्म ‘बाइसाइकल थिभ्स’ ले युद्धपछिको इटालीमा एक गरिब पिता एन्टोनियो (लम्बेर्तो म्यागियोर्नी) को कथा भन्छ, जो आफ्नो चोरी भएको साइकल खोज्न आफ्नो छोरासँग शहरभरि भौंतारिन्छ।

६. द गडफादर (१९७२)

फ्रान्सिस फोर्ड कोपोलाको यो क्लासिक फिल्मले भिटो कोर्लियोन (मार्लन ब्रान्डो)को चरित्रले पिताको संरक्षक, मार्गदर्शक र बलिदानी भूमिकालाई देखाउँछ । उनले आफ्ना सन्तानलाई शक्ति र जिम्मेवारीको सन्तुलन सिकाउँछ ।

७. आफ्टर अर्थ (२०१३)

यो साइ-फाइ फिल्ममा विल स्मिथले साइफर रेजको भूमिका निभाएका छन्, जो आफ्नो छोरा किताइ (जाडेन स्मिथ) लाई खतरनाक ग्रहमा बाँच्न र नेतृत्व गर्न सिकाउँछन् ।