+

फोबिया के हो ? किन हुन्छ ?

डर लाग्नु सामान्य कुरा हो । तर, कुनै कुरा वा वस्तुबाट अत्यधिक डर लाग्नु सामान्य होइन । यस्तो असामान्य डरलाई नै ‘फोबिया’ भनिन्छ ।

केही मानिसलाई उचाइको फोबिया हुन्छ । उनीहरूलाई अलिकति मात्र तल हेर्नु परे पनि थरथरी काम्न थाल्छन्। पसिना आउन थाल्छ र मुटुको धड्कन तीव्र हुन्छ ।

Advertisement

फोबिया भनेको कुनै विशेष वस्तु, स्थान वा परिस्थितिबाट हुने अत्यधिक र तर्कहीन डर हो । डराउने विशेष कारण नहुँदा पनि मानिस डराउन थाल्छ ।

फोबियाका लागि हाम्रो मस्तिष्कको ‘एमिग्डाला’ नामको भाग जिम्मेवार हुन्छ। फोबिया हुँदा एमिग्डालाले खतराको गलत सङ्केत दिन्छ र शरीर ‘फाइट अथवा फ्लाइट’ मोडमा प्रवेश गर्छ।

यस अवस्थामा मुटुको धड्कन तीव्र हुन्छ, सास फर्ने गति बढ्छ, पसिना आउन थाल्छ र शरीर काम्न थाल्छ।

फोबिया प्रायः कुनै खराब अनुभवका कारण, अरूलाई खतरा भोगिरहेको देख्दा वा कहिलेकाहीँ आफ्नै कल्पना र अत्यधिक सोचाइ (ओभरथिङ्किङ) का कारणले पनि हुन्छ।

डर एक अस्थायी र सामान्य प्रतिक्रिया हो। जब हामीलाई खतरा महसुस हुन्छ, हामीलाई डर लाग्छ। तर फोबिया भनेको पटक–पटक आउने अत्यधिक डर हो।

डरमाथि जीत पाउन यसको सामना गर्नु जरुरी हुन्छ। कुनै कुराको अनावश्यक डर पालिराख्दा तपाईंलाई मात्रै हानी हुनेछ।