+

५ उपाय, जसले मांसपेशी नगुमाई तौल घटाउन सकिन्छ

प्रोटिनयुक्त खाना

दैनिक खानामा २०-३० ग्राम प्रोटिन (जस्तै, अण्डा, माछा, कुखुरा, दाल, पनीर) समावेश गर्न सकिन्छ । प्रोटिनले मांसपेशी संरक्षण गर्छ र भोक कम लाग्ने बनाउँछ ।

शक्ति प्रशिक्षण

हप्तामा ४ पटक शरीरको क्षमता अनुसारको वजन उठाउने, स्क्वाट्स, पुश-अप्स जस्ता व्यायाम गर्न सकिन्छ । यसले मांसपेशीलाई बलियो र मेटाबोलिज्म बढाउँछ । जिममा डम्बेल वर्कआउट वा घरमा बडीवेट व्यायाम नियमित गर्न सकिन्छ ।

Advertisement

क्यालोरी नियन्त्रण गर्ने

दैनिक आवश्यकताभन्दा ३ देखि ५ सय क्यालोरी कम खाने, तर अत्यधिक कटौती भने गर्नु हुँदैन ।

कार्बोहाइड्रेट र बोसो सन्तुलनमा राख्ने

साधारण कार्ब्स (चिनी, सेतो चामल) घटाएर जटिल कार्ब्स (ओट्स, सखरखण्ड) खानुहोस् । स्वस्थ बोसो (नट्स, एवोकाडो, ओलिभ तेल) लाई खानामा समावेश गर्नुहोस् । खानालाई सन्तुलित बनाउन हरियो सागसब्जी र फाइबरयुक्त खाना थप्नुहोस्।

पर्याप्त निद्रा र हाइड्रेशन आवश्यक

राति ८ घण्टा सुतिन्छ, किनकि निद्राले मांसपेशी रिकभरीमा सहयोग गर्छ । दिनमा ३ लिटर पानी पिउनुपर्छ, जसले मेटाबोलिजम सुचारु राख्छ । तनाव कम गर्न र हाइड्रेटेड रहन नियमित पानी पिउने र सुत्ने समय निश्चित गर्नुपर्छ ।