विशाल आकार
'मिल्की वे' वायु मण्डलमा हुने एक गोलाकार संरचना हो । जसको व्यास करिब १,००,००० देखि १,२०,००० प्रकाशवर्ष छ । जसलाई आकाशगंगा भनिन्छ ।
यसमा १००-४०० अर्ब ताराहरू र अनगिन्ती ग्रहहरू छन् । केन्द्रमा सुपरमासिभ ब्ल्याक होल: मिल्की वेको केन्द्रमा स्याजिटेरियस ए नामक सुपरमासिभ ब्ल्याक होल छ, जसको द्रव्यमान सूर्यको भन्दा करिब ४० लाख गुणा ठूलो छ।
घुम्ने गति
मिल्की वे निरन्तर घुमिरहन्छ। सूर्य र हाम्रो सौरमण्डलले आकाशगंगाको केन्द्र वरिपरि एक चक्कर पूरा गर्न करिब २२.५-२५ करोड वर्ष लाग्छ, जसलाई ग्याल्याक्टिक वर्ष भनिन्छ ।
नजिकको टक्कर
मिल्की वे र छिमेकी एन्ड्रोमेडा ग्यालेक्सी करिब ४.५ अर्ब वर्षमा एकअर्कासँग ठोक्किनेछन्, जसले नयाँ आकाशगंगा बनाउन सक्छ ।
धूलो र ग्यासको बादल
मिल्की वेमा ताराहरूबाहेक ठूलो मात्रामा धूलो र ग्यास छ, जसले नयाँ ताराहरूको जन्म दिन्छ। नेबुला जस्ता क्षेत्रहरू ताराहरूको जन्मस्थल हुन् ।