+

ट्रान्स फ्याट के हो ?

ट्रान्स फ्याट एक प्रकारको चिल्लो पदार्थ हो । आंशिक रुपमा हाइड्रोजिनेटेड तेल (पीएचओ) ट्रान्स फ्याट प्राकृतिक रूपमा केही जनावरमा हुन्छ, जस्तै गाई, भैसी । यी हानिकारक हुँदैनन् ।

तर, व्यापारिक प्रयोजनका लागि उद्योगबाट तयार गरिने खानेकुरामा पनि ट्रान्स फ्याट हुन्छ । जुन हानिकारक हुन्छ । चाउचाउ, बिस्कुट, कुरकुरे जस्ता खानेकुरालाई स्वादिलो र लामो समयसम्म टिकाउन मद्दत गर्छ । ट्रान्स फ्याट सामान्य तापक्रममा पनि जम्छ । पटक पटक तेलमा तताएर बनाएको खानेकुरामा पनि ट्रान्स फ्याट हुन्छ ।

Advertisement

ट्रान्सफ्याटको स्रोत

राँगा, भैंसी, खसी, बोका आदिको जनावरको रातो ट्रान्स फ्याटका प्राकृतिक स्रोत हुन् । थोरै मात्रामा खाँदा प्राकृतिक स्रोतबाट प्राप्त हुनेले स्वास्थ्यमा त्यति नकारात्मक असर पार्दैन ।

तर, प्याकेज्ड खानेकुरा (जस्तै, चिप्स, बिस्कुट, केक, पेस्ट्री), फास्ट फूड (फ्रेन्च फ्राइज, पिज्जा, बर्गर), मार्जरिन, र तेलमा बारम्बार तताएर बनाइएका खानेकुरामा सेल, पकौडा समोसा जस्ता खानेकुरामा पाइन्छ ।

ट्रान्सफ्याट कति हानिकारक छ?

ट्रान्सफ्याटले शरीरमा खराब कोलेस्ट्रोल बढाउँछ र राम्रो कोलेस्ट्रोल घटाउँछ । यसले मुटु रोग, स्ट्रोक, र टाइप-२ मधुमेहको जोखिम बढाउँछ ।

हामीले नियमित खाने तेलमा ट्रान्स फ्याट हुन्छ ?

नियमित खाने तेलमा ट्रान्स फ्याट हुँदैन । यसमा ओमेगा थ्री र ओमेगा ६ हुन्छ । यो अनस्याचुरेटेड फ्याट हो । यो तेल पनि धेरैबेर तताएको खण्डमा ट्रान्स फ्याट बन्न सक्छ ।

कसरी ट्रान्सफ्याटबाट बच्ने ?

खाद्य प्याकेजमा 'हाइड्रोजेनेटेड' वा 'पार्टियल हाइड्रोजेनेटेड तेल' लेखिएको उत्पादन नकिन्नुहोस् । ताजा र घरमा बनाएका खानेकुरा खाने, जैतुन, तोरी, वा नरिवलको तेल प्रयोग गर्ने र बारम्बार तेल तताएर खानु हुँदैन । फास्ट फूड र प्रशोधित खानेकुराको सेवन कम गर्नुहोस्।