+

पेट सफा कसरी राख्ने ?

तिहारमा सेल रोटी, फिनी, अनरसा जस्ता मिठाई र तारेका खानेकुराले पेटमा समस्या हुनसक्छ । यी खानेकुरा चाडपर्वमा अरु बेला भन्दा बढी नै खाइन्छ  । जुन पेटमा पुगे पछि सहजै पच्दैन । र, ढुस्स हुने, पखाला लाग्ने र ग्याँस भरिने जस्ता समस्या हुन्छ । त्यसोभए, यो समस्या भए पेटलाई पहिलाकै जस्तो चुस्त दुरुस्त बनाउन के गर्ने त ?

प्रशस्त पानी पिउने

दिनमा २-३ लिटर पानी पिउनाले पाचन प्रणाली सुचारु रहन्छ र कब्जियतको समस्या कम हुन्छ ।  तेल र चिनीजन्य खानेकुरा धेरै खाइन्छ, त्यसैले पानीले पेट सफा गर्न मद्दत गर्छ। मन तातो पानी वा जडीबुटी चिया (जस्तै: अदुवा वा जिरा मिसाएको) पिउनु अझ उपयुक्त मानिन्छ ।

Advertisement

तेल र चिनीको मात्रा कम गर्ने

सेल रोटी वा मिठाई धेरै खानाले पेट भारी हुन्छ। सकेसम्म कम तेल र चिनी भएको खाना खाने र मिठाईको सट्टा फलफूल वा सुख्खा फल (जस्तै: काजु, बदाम) खान सकिन्छ । यदि धेरै मिठाई खाइसकेको छ भने, एक गिलास कागती पानी पिउनाले पेट हल्का हुन्छ।

फाइबरयुक्त खानपान

पेट स्वस्थ राख्नका लागि सबैभन्दा जरुरी छ, फाइबरको सेवन । फाइबरयुक्त खानेकुराले पेटलाई हल्का र सफा राख्न सहयोग गर्छ । हरियो सागपात, रेसादार खानेकुरा, ताजा फलफूल फाइबरको राम्रो स्रोत हुन् ।

कागती र मह

कागतीमा पाइने साइट्रिक एसिडले पेट सफा गर्छ । यसले कब्जियत हुन दिदैन । कागतीमा भिटामिन सि र फ्लेभोनोइड्स हुन्छ, जसले पेटमा भरिएको ग्यास निकालछ ।

राती हल्का खानेकुरा मात्र खाने गरौं

राती हामी भरपेट खाइदिन्छौं । यसले गर्दा पाचनमा समस्या हुन्छ । रातको खाना सकेसम्म हल्का र थोरै खाने गर्नु उचित हुन्छ ।

व्यायाम

पेटलाई हल्का र सफा राख्नका लागि खानपानको सही व्यवस्थापनले मात्र पुग्दैन । शारीरिक रुपमा सक्रिय हुनुपर्छ । साथसाथै केही यस्ता योग एवं व्यायाम छन्, जसले पेटलाई वास्तवमै फाइदा गर्छ ।