
लाइका : जसले वैज्ञानिकलाई अन्तरिक्ष अध्ययनको लागि बाटो खुलाइदियो
३ नोभेम्बर सन् १९५७ मा एउटा सडक कुकुरलाई सोभियत संघले अन्तरिक्षमा एक्लै पठाएको थियो । स्पुतनिक २ अन्तरिक्ष यानमार्फत ३ नोभेम्बर १९५७ मा पृथ्वीको कक्षमा पठाएको थियो। यो कुकुर पहिलो जीवित प्राणी बन्यो जसले पृथ्वीको कक्षमा परिक्रमा गर्यो ।

टोगो : जसले महामारीमा लाखौं बच्चाको ज्यान बचायो
टोगो एक साइबेरियन हस्की कुकुर थियो, जसले सन् १९२५ मा अलास्कामा ‘डिप्थेरिया’ नामक महामारीको समयमा एकदमै जोखिमपूर्ण हिउँ र बरफले ढाकेको (२६१ माइल) को यात्रा गरेर औषधि ढुवानी गरिदियो, जसले धेरै बालबालिकाको ज्यान जागियो ।

स्मोकी : जसले घाइते सैनिकलाई आरम र खुसी दियो
यो सानो ‘यर्कशायर टेरियर’ नश्लको कुकुरले दोस्रो विश्वयुद्धपछि अस्पतालमा घाइते कुकुरहरुलाई थेरापी प्रदान गरेर कुकुर थेरापीको अवधारणा स्थापित गर्न मद्दत गरिन् ।

रिन टिनटिन : जसले हलिउडलाई आर्थिक संकटबाट बचायो
प्रथम विश्वयुद्धपछि उद्धार गरिएको यो जर्मन सेफर्ड जातको कुकुर हलिउडको स्टार बन्यो । १९२० को दशकमा यसका फिल्महरूले वार्नर ब्रदर्स स्टुडियोलाई आर्थिक सङ्कटबाट बचायो र कुकुरलाई सांस्कृतिक प्रतीक बनायो ।

हाची : जसले मान्छे र पशुको सम्बन्धलाई नयाँ आयममा परिभाषित गर्यो
अकिता इनु जातको यस कुकुरले मान्छे र कुकुरको सम्बन्धलाई नयाँ आयममा परिभाषित गरिदियो । १९२० को दशकमा आफ्ना मालिक हिदेसाबुरो उएनोलाई हरेक दिन रेल स्टेसनमा कुरिरहन्थे, जबकि मालिकको हृदयघातबाट मृत्यु भइसकेको थियो ।

फ्रिडा : जसले भूकम्पमा पुरिएका मान्छेहरुलाई बचायो
फ्रिडा एक ‘ल्याब्राडर रिट्रिभर’ जातको मेक्सिकोको नौसेनाद्वारा प्रशिक्षित कुकुर हो । यसले सन् २०१७ को मेक्सिको भूकम्पमा फ्रिडाले भग्नावशेषमा फसेका ५२ जनालाई खोजेर उद्धार गर्न सहयोग गर्यो, जसमध्ये १२ जना जीवित थिए । फ्रिडाले २०१० को हैटी भूकम्प र २०१३ को मेक्सिको ग्यास विस्फोटमा पनि उद्धार कार्यमा भाग लियो ।