+

आज कागको पूजा गरिँदै, यी हुन् कागका ८ रोचक कुरा

यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ ।

१. चलाख पन्छी

काग निकै चलाख पन्छी मानिन्छ । यसको मस्तिष्कको संरचना पनि करिब मान्छेको जसरी बनेको हुन्छ भनिएको छ । अरु पन्छीको तुलनामा कागको स्मरणशक्ति राम्रो मानिन्छ । कागले मान्छेले झै नक्कल गर्न सक्छ ।

Advertisement

२. सर्वहारी

काग सर्वहारी पन्छी हो । यसले जे पनि खान्छ । मासु, सिनो, अन्न सबैकुरा खान्छ । त्यसैले पनि यो दुर्लभ वा लोपोन्मुख छैन । कागको फ्लोरेज प्रजातिबाहेक सबै कागहरु संकटविहीन अवस्थामा छन् ।

३. सर्वव्यापी

विश्वको सबैजसो स्थानमा काग पाइन्छ । अन्टार्कटिकाबाहेक सबैजसो महादेशमा कागको अस्तित्व छ ।

४. जिम्मेवार

रमाइलो त के भने कागको जेठो सन्तानले आफ्ना आमाबुवाका अन्य सन्तानलाई हुर्काउनका लागि सहयोग गर्छ ।

५. एउटै जोडी

कागले जीवनकालभर एउटैसँग मात्र सम्बन्ध गाँस्छ । अर्थात एउटासँग मात्र जोडी बाँध्छ । एउटैसँग यौन सम्पर्क गर्छ । कागले २ देखि ४ बर्षको उमेरमा यौन सम्पर्क राख्ने गर्छ ।

६. खतराको संकेत गर्छ

कागले आफ्नो साधरण आवाज बाहेक पनि अलग भाषामा कुरा गर्छ । अक्सर कुनैपनि खतराको संकेत गर्दा उनीहरु यस्तो भाषा प्रयोग गर्छन् ।

७. बदलाको भावना

कागलाई चालु प्रवृत्तिका मानिन्छ । कागमा बदलाको भावना लामो समयसम्म रहिरहन्छ ।