+

भिटामिन बी-१२को कमी भएको कसरी थाहा पाउने ?

लामो समयसम्म थकित र कमजोर महसुस हुने

सधैं थकान लाग्ने, काम गर्न मन नलाग्ने, शरीर भारी भएको जस्तो महसुस हुने। यो कमीको सबैभन्दा सामान्य लक्षण हो ।

हातखुट्टा झमझमाउने वा सुन्निने

औंलाहरू, खुट्टा वा हातमा करेन्ट लागेजस्तो झमझमाउने, सुन्निने वा जलन हुने। यो नसा मा असर परेको संकेत हो ।

Advertisement

जिब्रो रातो, चिलाउने

जिब्रो सुन्निने, रातो हुने, चिलाउने वा मासु जस्तो चिल्लो देखिने। खाना खाँदा दुख्ने वा स्वाद थाहा नहुने पनि हुन सक्छ ।

रक्तअल्पता

फिक्का पहेंलो छाला, सास फेर्न गाह्रो हुने, टाउको दुख्ने, चक्कर लाग्ने, मुटु ढुकढुक हुने। रगत जाँच गर्दा हेमोग्लोबिन कम देखिन्छ ।

मानसिक समस्या र स्मृति कमजोर हुने

बिर्सने बानी बढ्ने, एकाग्रता कमी, डिप्रेसन, चिडचिडापन, कहिलेकाहीं मानसिक सन्तुलनमा पनि असर विशेषगरी वृद्धावस्थामा यो समस्या बढी देखिन्छ ।

छाला पहेंलो वा फुस्रो हुने

रातो रक्तकोषिका चाँडै नष्ट हुने भएकाले छाला र आँखा सेतो भाग पहेंलो देखिन्छ ।