+

जाडोमा न्यायो बनाउने ब्लाउज थरीथरीका

 हाई नेक भेल्भेट ब्लाउज

सबैभन्दा पहिले आउँछ, हाई नेक भेल्भेट ब्लाउज । यो डिजाइनले अहिले सबैको मन जितिरहेको छ । पूरै गला ढाक्ने गरी कलर हुन्छ, माथि सानो बटन वा हुकले बन्द हुन्छ। भेल्भेटको नरम र चम्किलो कपडाले गर्दा गला र छाती पूरै कभर हुन्छ, चिसो हावा छिर्नै पाउँदैन ।

फुल स्लीभ ब्रोकेड ब्लाउज

ब्रोकेड आफैंमा बाक्लो र न्यानो कपडा हो । पूरै हात ढाक्ने लामो बाहुला र कफमा जरी बोर्डर लगाउँदा एकदमै ‘हाइ क्लास’ देखिन्छ । अगाडि प्रिन्सेस कट वा बोट नेक र पछाडि गहिरो गोलाकार कट वा डोरी बाँध्ने स्टाइल राख्न सकिन्छ ।

Advertisement

ज्याकेट स्टाइल ब्लाउज

अहिलेको सबैभन्दा ठूलो हिट बनिरहेको ब्लाउज हो, ज्याकेट स्टाइल ब्लाउज । यो डिजाइनले साधारण सारीलाई पनि राजकुमारीको लुगाजस्तो बनाइदिन्छ । अगाडि खुल्ने ज्याकेट शैली हुन्छ, भित्र छोटो ब्लाउज वा क्रप टप जोडिएको हुन्छ । कम्मरदेखि हिपसम्म लम्बाइ राखिन्छ । भेल्भेट र बनारसीको कम्बिनेशन वा रेशमी ज्याकेटमा बटन, ब्रोच वा जरिको काम गरिन्छ ।

पफ स्लीभ र फर डिटेल

फ स्लीभ र फर डिटेल भएको ब्लाउज विदेशी विन्टर फेसनको झल्को दिन्छ । काँधमा ठूलो पफ र बाहुलीको किनारमा फर बोर्डर लगाउँदा एकदमै ग्ल्यामरस लुक आउँछ । भेल्भेट वा सिल्कको कपडामा यो डिजाइन गर्दा हात टाइट फिटिङ हुन्छ तर काँधमा भोल्युम हुन्छ ।

केप स्टाइल ब्लाउज

नयाँ ट्रेन्डको रूपमा केप स्टाइल ब्लाउज पनि उत्तिकै चर्चामा छ । ब्लाउजमाथि छोटो पञ्चो वा केप जोडिएको हुन्छ । भित्र स्लीभलेस वा छोटो स्लीव ब्लाउज हुन्छ तर माथिको भेल्भेट केपले हात र काँध पूरै न्यानो राख्छ । यो डिजाइन फोटोमा एकदमै फरक र आकर्षक देखिन्छ ।