+

६ व्यवहार देखाउने साथी हुनसक्छन् हानिकारक

१. खसालेर बोल्छन्

थोरै रमाइलो हाँसीमजाकले मित्रता विषाक्त छ भन्ने अर्थ राख्दैन । तर, जब साथीले नियमित रूपमा अपमान गर्छ र दु:खी बनाउँछ भने त्यो मित्रता हानिकारक हुन सक्छ । चाहे सूक्ष्म अपमानजनक रणनीति प्रयोग गरोस् वा स्पष्ट गाली गरोस्, त्यो मित्रता सम्भवतः स्वस्थ छैन भनेर बुझ्नुपर्छ ।

२. गोप्य कुरा फैलाउँछन्

आफ्नो साथीलाई गोप्यरूपमा केही कुरा भन्नुभयो र उसले त्यो गोप्य कुरा अरुलाई सुनाउँछ र धेरैलाई त्यो कुरा थाहा हुन्छ भने त्यो असल साथी नहुन सक्छ । हानिकारक साथीले गोप्य कुराहरू फैलाउन रमाइलो मान्छन् ।

Advertisement

३. कपटपूर्ण माफी माग्छन्

जब उनीहरूको व्यवहारमा आपत्ति जनाइन्छ, उनीहरू साथीको पीडालाई बेवास्ता गर्छन् र टार्नका लागि हल्का रुपमा माफ गरिदेउ भन्छन् ।

४. सानो कुरामा आवेग देखाउछन

हानिकारक साथी साना कुराहरूमा, जस्तै उनीहरूको कुरा राम्रोसँग नसुन्नु वा उनीहरूले भनेका समान ल्याउन बिर्सनु जस्ता कुरामा अत्याधिक रिसाउँछन् र चिच्याउँछन् । त्यसपछि, अर्को मिनेटमा केही भएको छैन जस्तो व्यवहार गर्छन् ।

५. अस्थिर बनाउँछन्

हानिकारक साथीले आफ्ना अन्य साथीहरूभन्दा तपाईं कमजोर भएको कुरा औंल्याउँछन् । जस्तो तिम्रो आर्थिक अवस्था राम्रो छैन, तिम्रो लुगा लगाउने तरिका राम्रो छैन भन्न सक्छन् ।

६. सधैं आफूलाई केन्द्रमा राख्छन्

कुनै साथी अवस्था राम्रो हुँदा वा उनीहरूलाई केही चाहिएका बेला मात्र आउँछन् । समस्यामा हुँदा तिनीहरूलाई सम्पर्क गर्दैनन्। त्यस्ता साथीले आफ्ना हालका समस्याबारे निरन्तर सुनाइरहने सक्छन् । जब उनीहरूले आफ्नो मनका कुरा व्यक्त गरिसक्छन्, तब औपचारिक रूपमा ‘तिमी कस्तो छौ’ सम्म भन्छन्, तर तुरुन्तै कुराकानीलाई आफूतिर फर्काउँछन् ।