प्राणीहरूको एउटा साझा कुरा भनेको उनीहरू निदाउँछन् । अल्छी गर्छन् । उनीहरूको हकमा सुस्त गति भनेको एउटा रणनीति पनि हो । आज हामी ५ यस्ता अल्छी प्राणीहरूबारे चर्चा गर्ने छौं, जो अधिक निद्रालु पनि हुन्छन् ।
१. स्लोथ
यदि तपाईं कुन जनावर सबैभन्दा बढी सुत्छ भनेर सोच्दै हुनुहुन्छ भने स्लोथ अग्रपंक्तिमा आउँछ । यी अल्छी जनावरहरू दिनमा ८ देखि १० घण्टा सुत्छन् । आफ्नो अधिकांश जीवन रूखहरूमा उल्टो झुण्डिएर बिताउने स्लोथ आवश्यक पर्दा मात्र चल्छन् । यसले गर्दा यिनीहरूलाई पृथ्वीका सबैभन्दा सुस्त तथा अल्छी जनावर मानिन्छ ।
२. कोआला
सबैभन्दा बढी सुत्ने जनावरको सूचीमा कोआला पनि पर्छ । दिनमा १८ घण्टासम्म सुत्न सक्ने यी जनावरहरूले केही नगर्ने कलामा निपुणता नै हासिल गरेका छन् । यिनीहरूले मुख्यत: विश्राम गरेर ऊर्जा बचाउँने गर्छन् ।
युकलिप्टसका पातहरू मात्र खाने यी प्राणीहरू सधैं थकित देखिन्छन् । यसको कारण भनेको उनीहरूले पोषक तत्व धेरै कम भएको खानेकुरा खान्छन् ।
३. नर्स शार्क
नर्स शार्क पानीमुनिको संसारमा अल्छी जनावरको सबैभन्दा उपयुक्त उदाहरण हुन् । यी शार्कहरू निशाचर हुन्छन् । प्रायः दिउँसो समुद्रको तल्लो भागमा आराम गरेर समय बिताउने यिनीहरू रातको समयमा शिकारका लागि निस्किन्छन् ।
त्यसैका लागि उनीहरूले दिनभर ऊर्जा जोगाइरहेका हुन्छन् । नर्स शार्कहरू शान्त जीवन मन पराउँछन् । र, सूर्य अस्ताएपछि मात्र सक्रिय हुन्छन् ।
४. सिंह
जंगलको राजाका रूपमा चिनिएता पनि सिंहहरू अल्छी जनावरहरूमध्ये एक हुन् । जोखिम ज्यादा हुने शिकारका लागि उनीहरूले ऊर्जा बचाउन दिनको २० घण्टासम्म आराम गर्ने र सुत्ने गर्छन् ।
यसो भन्नुको अर्थ उनीहरूले आवश्यक पर्दा मात्र आफ्नो शक्ति प्रयोग गर्छन् । अन्य अवस्था भने उनीहरूले केही पनि गर्दैनन् । सुतेर बस्छन् ।
५. म्यानेटी
प्रायः समुद्रको भद्र र ठूलो भनेर चिनिने म्यानेटीहरू समुद्रका सबैभन्दा फुर्सदिला जनावरहरू हुन् । किनकि उनीहरू आराम सिवाय खासै केही गर्दैनन् । उनीहरूको शरीर भने अत्यन्तै ठूलो हुन्छ ।
तर, उनीहरू निकै सुस्त गतिमा हिँड्छन् । उनीहरू प्रतिघण्टा पाँच माइलभन्दा कमको गतिमा हिँड्छन् । उनीहरू शाकाहारी पनि हुन् । यसकारण नै उनीहरूलाई समुद्रका भद्र जनावर भनिएको हो ।