नैतिक र सामाजिक मूल्यहरू
बाल अवस्थामा नयाँ कुरा जान्न, सिक्नका लागि अति उत्सुक हुन्छ । धेरै कार्टुनमा त्यहाँका पात्रहरू मार्फत इमानदारी, सहयोग, मित्रता र सम्मानको महत्त्व सिकाइएको हुन्छ । इमान्दार नहुँदा, स्वार्थी हुँदाका नतिजा के हुन्छन्, भन्ने कथाहरू त्यहाँ समावेश गरिएको हुन्छ ।
भाषा
कार्टुनले बालबालिकाको भाषा विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ । रंगीन चित्र र सरल संवादले उनीहरूको शब्दभण्डार वृद्धि हुन्छ। नयाँ-नयाँ शब्दावली तिनको सही प्रयोगबारे जानकारी राख्न मद्दत गरिरहेको हुन्छ । नेपालको सन्दर्भमा भन्नुपर्दा बालबालिकाले अंग्रेजी र हिन्दी भाषा कार्टुन हेरेरै सिकिरहेका हुन्छन् ।
३. कल्पनाशीता र सिर्जनशीलता
कार्टुनमा काल्पनिक संसार तयार गरिएको हुन्छ । रोचक कथा तथा घटनाक्रम त्यहाँ समावेश हुन्छ । यसले बालबालिकामा कल्पना गर्ने र सिर्जना गर्ने क्षमता विकास गरिरहेको हुन्छ । बाल मनोविज्ञानमा, रचनात्मक सोचलाई बालबालिकाको बौद्धिक विकासको महत्त्वपूर्ण हिस्सा मानिन्छ ।
४. समस्या झेल्ने उपाय
धेरै कार्टुनहरूमा पात्रहरूले विभिन्न समस्याको सामना गर्छन् गरिरहेका हुन्छन्, ती समस्याबाट पार पाउन उनीहरूले विभिन्न उपाय अपनाइरहेका हुन्छन् । यसले बालबालिकामा समस्याहरू आउँछन् र तिनका समाधान पनि हुन्छन् भन्ने कुरा सिक्छन् ।
५. अरुको भावना बुझ्ने
कार्टुनले बालबालिकालाई भावनाहरू बुझ्न र व्यक्त गर्न सिकाउँछ। कार्टुनका कथामा खुसी, दु:ख, रिस र डर जस्ता भाव समेटिएका दृश्य समावेश हुन्छन् । यसले बालबालिकालाई आफ्ना भावनाहरू पहिचान गर्न र व्यवस्थापन गर्न सहयोग गर्छ ।
६. संस्कार, संस्कृति
समुदायमा रहेका संस्कार, संस्कृतिको ज्ञान पनि कार्टुनले दिन्छ । कार्टुनका कथामा विभिन्न संस्कृति र परम्पराहरूलाई देखाइएको हुन्छ, जस्तै पर्व कसरी मनाउने, जन्मदिन वा कुनै उत्सवमा के गरिन्छ ? जन्मिदा तथा मृत्युका बेला कस्तो प्रक्रियाहरू हुन्छन् यी कुरा कार्टुनमा देखाइने कथाबाट सिकिरहेका हुन्छन् ।